टानको अध्यक्षमा निलहरि बास्तोला निर्वाचित

टानको अध्यक्षमा निलहरि बास्तोला निर्वाचित

कपन अनलाइन 

काठमाडौं साउन ३१ । पर्यटन व्यवसायीहरुको छाता संगठन ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) को अध्यक्षमा निलहरि बास्तोला निर्वाचित भएका छन्।टानको पूर्वउपाध्यक्षसमेत रहेका बास्तोलाले काठमाडौंमा गए राति सम्पन्न मतगणनामा प्रतिस्पर्धी रामप्रसाद सापकोटालाई हराउँदै  अध्यक्षमा निर्बाचित भएका हुन्।बास्तोलाले ६१६ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिष्पर्धि सापकोटाले २६४ मत प्राप्त गरेका थिए ।टानको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद दाहाल, प्रथम उपाध्यक्षमा प्रतित पण्डित, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ, महासचिवमा विनोद सापकोटा, कोषाध्यक्षमा पुरूषोत्तम तिमल्सिना, सहकोषाध्यक्षमा छिरिङ दोर्जे शेर्पा र सचिवमा होमनाथ खड्का निर्वाचित भएका छन्।

नवनिर्वाचित  अध्यक्ष  बास्तोलाको एसियन हेरिटेज गुप्रअन्तर्गत ट्रेकिङ, ट्राभल्स, होटेल, कार्गो, हस्तकला निर्यातलगायत उद्योग व्यवसायमा लगानी छ । उनले एसियन हेरिटेज फाउन्डेसन नेपालमार्फत स्वास्थ्य र शिक्षा क्षेत्रमा सामाजिक कार्यसमेत गर्दै आएका छन  । विगत २६ वर्षदेखि नेपालको पर्वतीय पर्यटनमा समर्पित बास्तोला सन् २००२ मा टानको साधारण सदस्य बनेका थिए । सोलुखुम्बु घर भएका उनले पर्वतीय पर्यटनको विस्तारका लागि विभिन्न समितिमा बसेर काम गरेका छन् ।  बास्तोला सन् २०१३–२०१५ मा टानको कार्यसमिति सदस्य तथा सन् २०१७–२०१९ मा द्वितीय उपाध्यक्षमा निर्वाचित भएका थिए ।

तपाइँको प्रतिक्रिया ।