उद्देलनमा उद्धव प्रसाद खरेल …

उद्देलनमा उद्धव प्रसाद खरेल …

कपन अनलाइन

काठमाण्डौ ,साउन ११।

बुढानिलकण्ठ नगरपालिकाका निवर्तमान प्रमुख उद्दव प्रसाद खरेल अहिले निकै उद्देलनमा रहेको चर्चा चलिरहेको छ।

२०७४ सालमा अन्तिम समयमा कुसुम कुमार कार्कीले पाएको भनिएको टिकट ल्याएर ५ वर्ष बुढानिलकण्ठको सत्तामा रहेका खरेल यस पटक सोहि शैलीमा मिठाराम अधिकारीले टिकट ल्याएपछि सत्ता बाट बाहिर परेका थिए।

लामो समयदेखि जनप्रतिनिधिका रुपमा बुढानिलकण्ठ नगरपालिकामा सक्रिय रहेका खरेल एकाएक सत्ता बाहिर पुगेको अवस्थामा आगामी राजनीतिक यात्रालाई लिएर निकै उद्देलित बनिरहेको उनि निकट श्रोतले जानकारी दिएको छ।

अझ आफैले भूगोलको राजनीतिमा हुर्काएका कतिपय नेताले खरेल सत्ता बाहिर हुने वितिक्कै लासलाई जुम्राले छोडे झैँ सर्लक्क छोडेर आफै उम्मेदवार बन्ने दौडमा कुदेपछी निकै झस्किएका खरेलले प्रदेस सभा क्षेत्रमा उम्मेद्वारी दावी गर्ने प्रसस्त संकेत गरिसकेका छन।

नगर प्रमुखको उम्मेद्वारी दिने चरणमा भएका केहि पर्दा भित्रका सहमतिको साहारामा आगामी मंगसिर महिना भित्र हुन् सक्ने प्रदेस सभा निर्वाचनमा उम्मेद्वारी दिने संकेत गरेका खरेल नेकपा एमाले बागमती प्रदेस कमिटी सदस्य रहेका छन।

२०५४ मा साविक चपली गाविस र २०७४ सालमा बुढानिलकण्ठ नगरपालिकाको नेतृत्व गरेका खरेल संगै काठमाण्डौ क्षेत्र नं ४ (२ ) का धेरै नेताले प्रदेस सभा सदस्यको उम्मेदवार बन्न आन्तरिक कसरतले बुढानिलकण्ठको एमाले राजनीति अहिले निकै तातेको छ।

चार दशक भन्दा बढीको समय नेकपा एमालेको आन्दोलनमा योगदान दिएका खरेलको प्रदेस सभा सदस्यमा उम्मेदवार बन्ने संकेत र अन्य धेरै नेताहरुको सलबलाहट पछी काठमाण्डौ क्षेत्र नं ४ बाट नेकपा एमालेका तर्फबाट उम्मेदवार बन्ने प्रचुर सम्भावना बोकेका डा. राजन भट्टराईले आन्तरिक छलफललाई तीव्रता दिने तयारी गरेको श्रोतले जानकारी दिएको छ।

 

 

 

तपाइँको प्रतिक्रिया ।