लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी को बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं साउन ६। लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ डी ले बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार गोकर्णेश्वर नगरपालिका ९  स्थित राष्ट्रिय शहिद पार्क नजिकको पार्क र शहिद पार्क परिसरमा सर्भ टुगेदर भन्ने मूल नाराको साथमा  कोभिड १९ को महामारिमा दिवंगत भएका संसारभरिका लायन सदस्यहरुको सम्झना र उनीहरुको   आत्माको  शान्तिको कामना सहित वृक्षारोपण गरिएको हो ।

उक्त कार्यक्रममा लायन्स क्लबका इन्टर नेसनल डाइरेक्टर  लायन बालकृष्ण बुर्लाकोटी, जी एट एरिया लिडर लायन खगेन्द्र सिटौला, डिस्ट्रिक डीका गभर्नर लायन  बिष्णु भाइ श्रेष्ठ, गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक रिसाल, उप प्रमुख सान्नानी लामा यज्ञडोल जगडोल सामुदायिक बनका अध्यक्ष सुदर्शन सिग्देल,पुर्व डिस्ट्रिक गभर्नर  लायन कुमारराज सुवेदी  डिस्ट्रिक डीका सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन सुरेन्द्र प्रकाश बलाय क्याबिनेट सेक्रेटरी लायन महेश आचार्य लायन मधुसुधन सिग्देल , लगायत लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमलाइ लायन्स क्लब गोकर्णेश्वर लायन्स क्लब काठमाडौं माउन्ट मकालु एण्ड हिमालय लायन्स क्लब अफ काठमाडौं पद्मश्री त्यसै गरि प्रपोज लायन्स क्लब गोकर्णेश्वोर इनर्जेटिक ,लायन्स क्लब इन्फिनिटी प्रपोज लायन्स क्लब द बुढानिलकण्ठको सहयोग रहेको थियो ।

कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख दिपक रिसालले लायन्स क्लब संग बिभिन्न सेवामुलक कार्यहरुमा सहकार्य गर्ने जानकारी गराउदै ब्लड बैक बनाउन र वृक्षारोपण लगायतका कामका लागि बजेट समेत बिनियोजन गरेको जानकारी दिएका थिए।  उनले हरियाली र बातावरण सन्तुलनको लागि वृक्षारोपण गर्नु आवश्यक रहेको भन्दै प्रचारको लागि विरुवा रोप्नुभन्दा भन्दा पनि रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै डिस्ट्रिक डी का गभर्नर लायन बिष्णु भाइ श्रेष्ठले  वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता रहेको  कारण  लायन्स क्लबले वृक्षारोपण कार्यलाइ निरन्तरता दिदै आएको बताए । अहिलेको युगमा कार्बन डाईअक्साईड र एसीड अत्याधिक रहेको हुनाले वातावरण सन्तुलनका लााग अक्सिजनको मात्रा घटेका कारण वृक्षारोपण गर्न अनिवार्य रहेको बताए ।उनले बिगतमा रोपेका बिरुवाहरु हुर्किएको जानकारी दिदै क्लबले कार्यक्रमनै राखेर गोडमेल लगायतको कार्य गर्दै आएको बताए ।

तपाइँको प्रतिक्रिया ।