कोरोना संक्रमण बाट बच्न स्वास्थ्य सुरक्षा साबधानी अपनाउन गोकर्णेश्वर नगर प्रमुख दिपक रिसालको अनुरोध

कोरोना संक्रमण बाट बच्न स्वास्थ्य सुरक्षा साबधानी अपनाउन गोकर्णेश्वर नगर प्रमुख दिपक रिसालको अनुरोध

कपन अनलाइन

काठमाडौं साउन ६। गोकर्णेश्वर नगरपालिका प्रमुख दिपक कुमार रिसालले  कोरोना भाइरस (Covid-19) को संक्रमण बाट बच्न स्वास्थ्य सम्बन्धी सुरक्षा  साबधानी अपनाउन नगरबासीमा अनुरोध गरेका छन ।

उनले सार्वजनिक सुचना जारी गर्दै कोरोना भाइरस  (Covid-19) को संक्रमण पुनः देखा परिरहेको अवस्था विद्यमान रहेको हुँदा सम्पूर्ण नगरबासी महानुभावहरुके कोरोना भाइरस बिरुद्दको खोप लगाउन बाँकी भए अनिवार्य रुपमा खोप लगाउन हुन र घर बाहिर निस्कदा र भिडभाडमा रहंदा मास्कको प्रयोग गर्न, पटक पटक साबुन पानीले धात धुन र भौतिक दुरी कायम गरि स्वास्थ्य सम्बन्धी सुरक्षा साबधानी अपनाउन नगरपालिकाको तर्फ बाट सम्पूर्ण नगरबासिमा  सार्वजनिक सुचना मार्फत अनुरोध  गरेका छन ।

तपाइँको प्रतिक्रिया ।