मुक्तक : गंगा लिगल
कपन अनलाइन
काठमाण्डौ ,असार ११ ।
प्रगति खुल्छ सुस्त सुस्त
परिश्रम मूल्य खुल्छ दुरुस्त
मूल्य र मान्यता बुझिन्छ यहाँ
अनिबल्ल सत्य खुल्छ खुलस्त ।
सारै नै उदार हुन्छ यो मन
कहिले दिक्दार हुन्छ यो मन
मनलाई शान्तपार्न पर्छ भन्छु
अनिआशाकार हुन्छ यो मन ।
जिउनु पर्छ जीवनअभावमा
बहनु पर्छ जीवनबहावमा
गन्तव्यखोज्दै हिडनु पर्छ मान्छे
यी सबैको नै जीवनप्रबाहमा ।
शब्द कोष अथाह सागर हो
यो त सम्पन्नताको सगर हो
यस्ले जीवन पूर्ण बन्छ नै
यो त उपलब्धिको आधार हो ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।