गजल : उषा के.सी.

गजल : उषा के.सी.

कपन अनलाइन

काठमाण्डौ ,असार ११ ।

आफ्नो प्रगति देखाउनु छ भने अखबार छाप्न दिनु
आफू चर्चित हुन राम्रो नराम्रो समाचार राख्नदिनु

यो बदनामी सहर हो आफ्नै आमा दाउमा राख्छन्
त्यसले अपराधीलाई नै नेपालको कानुन लेख्न दिनु

अचेल मेरो देश हनुमान बनेर आउनेको हातमा पर्यो
विलम्ब नगरी देशको बागडोर जनतालाई हाक्न दिनु

नियमकानुन भ्रष्टाचारीको जिउने आधार नबनोस है
यदि बनेमा त्यस्तालाई छानीछानी जेलमा जाक्न दिनु

गर्व लाग्थ्यो शान्तिभूमी नेपालको नागरिक हुन् पाउँदा
त्यसैले देश वचन नेपाल आमाको अस्मिता बाच्न दिनु

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।