मानव बेचबिखन न्यूनीकरणका लागि विमानस्थलमा डिस्प्ले बोर्ड राखियो

मानव बेचबिखन न्यूनीकरणका लागि विमानस्थलमा डिस्प्ले बोर्ड राखियो

कपन अनलाइन

काठमाण्डौ ,असार ४ ।

मानव बेचबिखच न्यूनीकरणका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले बोर्डजडान गरिएको छ।

वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखनका अपराधको न्यूनीकरणको लागि शक्ति समूह, नेपाल नागरिक उड्डयन प्राधिकरण र मानव बेचबिखन अनुसन्धान ब्युरोको संयुक्त आयोजनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा डिजिटल डिस्प्ले बोर्डको उद्घाटन गरिएको हो ।

प्रहरी अतिरिक्त महानिरीक्षक उत्तम राज सुवेदीले  उद्घाटन गरेको कार्यक्रममा  शक्ति समूहकी अध्यक्ष चरीमाया तामाङले बोर्डले सबै वैदेशिक रोजगारीमा विदेश जाने नेपालीहरूलाई सहजता प्रदान गर्ने बताएकि थिइन्  ।

ओयूआरको आर्थिक सहयोगबाट जडान गरिएको  उक्त बोर्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थान स्थलमा राखिएको छ ।

तपाइँको प्रतिक्रिया ।