राष्ट्रिय संस्थागत बिध्यालय संघ नेपाल ( निसान) द्वारा आयोजित छैटौं निसान कप फुटसल प्रतियोगिता शुरु

राष्ट्रिय संस्थागत बिध्यालय संघ नेपाल ( निसान) द्वारा आयोजित छैटौं निसान कप फुटसल प्रतियोगिता शुरु

कपन अनलाइन

काठमाडौँ, असार ४ । राष्ट्रिय संस्थागत बिध्यालय संघ नेपाल ( निसान) द्वारा आयोजित  छैटौं निसान कप फुटसल प्रतियोगिता शुक्रबार बाट शुरु भएको छ।  कुल ३६ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिताको शुक्रबार एक कार्यक्रमका बीच (निसान)का अध्यक्ष ओम प्रसाद ढकालले रेफ्री प्रदिप लामालाइ बल हस्तान्तरण गरेर उद्घाटन गरेका हुन। अत्तरखेल स्थित रम्बल फुटसलमा भएको उक्त प्रतियोगिताको ग्रुप ए, बि, सी र डी अन्तर्गत ग्रुप ए बाट चार्ल्स डार्बिन र केब्स एकेडेमी बीचको खेलमा  चार्ल्स डार्बिनले  केब्स एकेडेमी लाइ २-१ गोल अन्तरले पराजित गरेको थियो । त्यसैगरी कुण्डलिनी  र नेपालय स्कुल बीच को खेलमा नेपालयले कुण्डलीनि लाइ ४-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।शुक्रबार नै लर्ड्स लाइट र छहारी स्कुल बिचको खेलमा लर्ड्स लाइटलाइ छहारी स्कुलले ४ गोलले बिजयी भयो भने न्यु इरा र आइलेन्स स्कुल बीचको खेलमा न्यु इरा स्कुल ४ गोल अन्तरले बिजयी भयो।

शुक्रबार नै भएको ग्रुप बि अन्तरगतको खेलमा होलि एन्जल्स र वर्ल्ड युथ स्कुल बीचको खेलमा वर्ल्ड  युथ स्कुलले ट्राइबेकरमा बिजयी भयो ।त्यसैगरि श्रीयन्त्र स्कुल र त्रिकोण स्कुलको खेलमा त्रिकोण स्कुल ३ गोल अन्तरले बिजयी भयो ।शुक्रबार नै भएको इष्ट पोल माबी र ग्रिनतारा स्कुल बीचको खेल निर्धारित समय सम्म कुनै पनि टिमले गोल गर्न नसकेपनि ट्राइबेकरमा ग्रीन तारा स्कुल बिजयी भयो ।ग्रुप बि को अन्तिम खेल गोकर्णेश्वर लाइट एकेडेमी र विट्स एकेडेमी बीच भएको थियो ।उक्त खेलमा  गोकर्णेश्वर लाइट एकेडेमीलाइ विट्स एकेडेमीले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।त्यसै गरि शुक्रबार नै सम्पन्न ग्रुप सी अन्तरगत हिमशृंखला बि ले गोकर्णेश्वर महादेव स्कुललाइ पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।  त्यसै गरि सोहि दिन भएको हिमशृंखला ए  र अरुणोदय ए बीच को खेलमा अरुणोदय ए बिजयी भएको छ।  त्यस्तै गरि सोहि दिन भएको लिबर्टी र रिब्स बीचको खेलमा लिबर्टी स्कुलले रिब्स स्कुललाइ ६-१ गोल अन्तरले बिजयी भयो। त्यस्तै सांग्रिला बि र लिटिल बर्ड बीचको खेलमा लिटिल वर्ड स्कुलले ट्राइबबेकरमा जित हासील गर्यो ।

सोहि दिन भएको ग्रुप डी को खेल पांच पोखरी स्कुल र जीवनतारा स्कुल बीच भएको थियो ।उक्त खेलमा जीवन ताराले पांच पोखरी स्कुललाइ ५-० गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। सोहि दिन सांग्रिला ए र स्वेत बाराही स्कुल बीचको  खेलमा सांग्रिला स्कुलले स्वेत बाराही स्कुललाइ ३-१ गोल अन्तरले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ। खेलमा उत्कृष्ट खेलाडीहरुलाई म्यान अफद म्याचको ट्रफी प्रदान गरिएको थियो । असार ५ गते सम्म चल्ने उक्त    प्रतियोगितामा  प्रथम र द्वितीय हुने टिमलाई नगद, सिल्ड,प्रमाणपत्र र मेडल प्रदान गरिनेछ भने सेमिफाइनलमा आउट हुने दुबै टिमलाई सान्त्वना पुरस्कार स्वरुप सिल्ड,प्रमाणपत्र र मेडल प्रदान गरिने आयोजक संस्थाका महासचिब तथा गेम कोर्डिनेटर सौर्यनाथ आचार्य जानकारी गराएका छन  ।

तपाइँको प्रतिक्रिया ।