सिदेश्वर मन्दिर क्षेत्रमा युवराज राई माउन्टेन क्लाइबिङ्ग एकेडेमीको सरसफाई

सिदेश्वर मन्दिर क्षेत्रमा युवराज राई माउन्टेन क्लाइबिङ्ग एकेडेमीको सरसफाई

कपन अनलाइन

काठमाण्डौ ,असार ५ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा रहेको सिदेश्वर मन्दिर क्षेत्रमा युवराज राई माउन्टेन क्लाइबिङ्ग एकेडेमीले  सरसफाई  गरेको छ।

पर्वतारोहण र समाजसेवामा सक्रिय रहेका युवराज राईको नाममा स्थापना भएको सो एकेडेमीले सचेतना सहित सो क्षेत्रमा सरसफाई गरेको हो।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,नगर कार्यपालिका सदस्य रिता दाहाल ,पुर्व वडा सदस्य भुव प्रसाद रेग्मी , सिद्देश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्दव प्रसाद भट्टराई लगायतको उपस्थितिमा भएको सरसफाई कार्यक्रमको शुभारम्भमा बोल्दै एकेडेमीका अध्यक्ष जगत प्रसाद निरौलाले कार्यक्रमको उदेस्य माथि प्रकाश पारेका थिए।

उक्त सरसफाई कार्यक्रमको उद्घाटन गर्दै वडा नं १० का अध्यक्ष नवराज भट्टराईले वडाको सुकिलो अभियानमा सो सरसफाई कार्यक्रमले सहयोग पुर्याउने भन्दै अवका दिनमा वडाको फोहोरमैला व्यवस्थापनमा विशेष योजना ल्याउने जानकारी दिएका थिए भने पर्वतारोही युवराज राईले संस्थाको उदेस्य र कामहरुका वारेमा जानकारी दिएका थिए।

 

तपाइँको प्रतिक्रिया ।