ब्लोदान र युवा जन जागरण अभियान समूह गोकर्णेश्वर १ द्वारा आयोजित रक्तदान सम्पन्न

ब्लोदान  र युवा जन जागरण अभियान समूह गोकर्णेश्वर १ द्वारा आयोजित रक्तदान सम्पन्न

कपन अनलाइन

काठमाडौँ, जेठ २९ । विश्व रक्तदाता दिवस २०२२ को अवसरमा ब्लड डोनर्स एसोसिएसन नेपाल ( ब्लोदान) र युवा जन जागरण अभियान समूहको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नं १ सुन्दरीजल  स्थित गोकर्ण मार्ट बाराही चोकमा शनिबार बिहान १० बजे देखि  १ बजे सम्म संचालन भएको उक्त रक्तदान कार्यक्रममा ४८ पुरुषं र ३ महिला गरि ५१ जनाले रक्तदान गरेको आयोजकले जानकारी गराएको छ।  रक्तदाताहरुलाई गोकर्णेश्वर नगरपालिका वडा न-१ का वडा अध्यक्ष द्वारिका श्रेष्ठ र ब्लोदान केन्द्रीय सदस्य बालकृष्ण श्रेष्ठ लगायतले प्रशंसापत्र प्रदान गरेका थिए  ।

तपाइँको प्रतिक्रिया ।