कुमारी: बहुमुखी साक्षात् देवी (सर्वोच्च शक्तिको स्रोत) पुस्तक अंग्रेजीमा प्रकाशित
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ २८ ।
नेपाली संस्कृतिका अंग्रेजी भाषा माध्यमबाट सिद्धहस्त विद्वान् लेखक सिद्धि बहादुर रञ्जितकारद्वारा लिखित “कुमारी: बहुमुखी साक्षात् देवी (सर्वोच्च शक्तिको स्रोत)” पुस्तकको लोकार्पण कुमारी घरमै एक सांस्कृतिक समारोह बीच सम्पन्न भएको छ ।
साक्षात् जीवित देवी कुमारीको इतिहास, संस्कृति र महत्ता विश्लेषण सहित प्रस्तुत गरिएको पुस्तकको लोकर्पण कुमारी संस्कृतिका लेखकद्वय सिद्धि बहादुर रञ्जितकार र दुर्गा शाक्यले संयुक्त रुपमा गरेका हुन् ।
कर्यक्रममा पुस्तकबारे संक्षिप्त मन्तव्य राख्दै लेखक रञ्जितकारले पुस्तकमा कुमारी संस्कृति नेपाली समाजको शक्तिको स्रोत रहँदै आएको र यसले मल्लकालमै व्यापकता लिएको स्पष्ट पारेका थिए ।
पुस्तकबारेमा विद्वान् विश्लेषकहरुको प्रतिकृया अपेक्षा गरेको पनि उनले मन्तव्यका क्रममा बताए । कार्यक्रममा पुस्तकबारे वरिष्ठ पत्रकारत्रय प्रकाश प्रसाद उपाध्याय, कृष्ण मुरारी अधिकारी र कुमार रञ्जित साथै संस्कृतिविदद्वय राजेन्द्रमान बज्राचार्य र प्रताप मान शाक्यले मन्तव्य राखेका थिए ।
चार सय ६४ पृष्ठ रहेको पुस्तक कुमारी संस्कृतिबारे चासो राख्ने विश्वभरीकै अध्येतालाई उपयोगी हुने बताइएको छ ।
तपाइँको प्रतिक्रिया ।