व्यवस्थित नगर बनाउन दिपक रिसाल गोकर्णेश्वरको चुनावी मैदानमा
कपन अनलाइन
काठमाडौं बैशाख २७ । गोकर्णेश्वर नगरपालिकाका सल्लाहकार एबम नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ का क्षेत्रीय सचिव दिपक रिसालले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका छन । नगरपालिकाको सल्लाहकारको भूमिका रहेर उनले नगरपालिकाका कार्यक्रम तथा योजना निर्माण र कार्यान्वयनमा पनि भूमिका खेलेका रिसाल आसन्न स्थानीय तहको निर्वाचनमा नगर प्रमुख पदको लागि चुनाबी मैदानमा होमिएका छन ।
राजनीति संगै सामाजिक, धार्मिक, खेलकुदका साथै शिक्षा र स्वास्थ्य क्षेत्रका गतिविधिमा पनि सक्रिय रहेका रिसाल नगरलाई धार्मिक, पर्यटकीय र नयाँ समृद्ध र व्यवस्थित नगर बनाउने आफ्नो सपना अनुरुप उम्मेदवारी दिएको बताउछन । आफ्नो सल्लाहमा अघि बढेका नगरका अधुरा योजना पुरा गर्न पनि आफुले उम्मेदवारी दिएको उनि बताउछन। शिक्षा र स्वास्थ्यलाई निःशुल्क बनाउने, रोजगारीको सिर्जना गर्ने, गोकर्णेश्वर, चामुण्डा, उत्तरबाहिनी, बागद्वार, सुन्दरीमाई, तारेभिर लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रलाई अझै बढी आकर्षक बनाउने योजना सहित चुनावी मैदानमा होमिएको उनले बताएका छन ।