बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा खुल्ला सदस्य पदको मैदानमा शान्ता ढकाल (पुडासैनी )
कपन अनलाइन
काठमाण्डौ ,बैशाख २७।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को खुल्ला सदस्य पदमा उम्मेद्वारी दिएर घर दैलोमा सक्रिय रहेकी शान्ता ढकाल (पुडासैनी )ले पहिलो कार्यकालको ५ वर्ष बुढानिलकण्ठ नगरपालिकाका विभिन्न समितिमा रहेर सफलतापुर्वक आफ्नो जिम्मेवारी बहन गरेकी थिइन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा नं १२ को महिला सदस्यमा लोकप्रिय मत सहित विजयी बनेकी ढकालले बुढानिलकण्ठ नगरपालिका सामाजिक विकास समितिको संयोजकका रुपमा शिक्षा ,स्वास्थ्य , बाल बालबालिका र जेष्ठ नागरिकहरुका लागि महत्वपूर्ण नीति निर्माण र कार्यक्रमहरुलाई लागु गर्न भूमिका निर्वाह गरेकी थिइन्।
बुढानिलकण्ठ नगरपालिकाका एकल महिलाहरुका लाग अक्षय कोष स्थापना , १ सय वर्ष माथिका जेष्ठ नागरिकहरुको अभिनन्दन ,बालबालिकाहरुको प्रोत्साहन कार्यक्रम सहित दर्जनौ अभियानहरुको नेतृत्व गरेकी उनले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा कार्यबाहक अध्यक्षका रुपमा पनि जिम्मेवारी सम्हालेकी थिइन्।
बुढानिलकण्ठ नगर शिक्षा समिती सदस्य समेत रहेकी स्नातकोत्तर ( एम एड ) अध्ययनरत ढकालले कोरोना प्रकोप पछी बुढानिलकण्ठ नगरपालिकामा रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता आयोजना गर्दै सफलता पुर्वक सम्पन्न गर्न पनि नेतृत्व प्रदान गरेकी थिइन्।
करिव १६ वर्ष शिक्षण पेसामा सक्रिय रहेर २०७४ सालको निर्वाचनमा वडा नं १२ बाट सदस्यमा विजयी बनेकी ढकालले नगर कार्यपालिका सदस्य तथा राजस्व निर्धारण समितिमा रहेर नीति निर्माण र कार्यसम्पादनमा सक्रिय भूमिका निर्वाह गरेकी थिइन्।
मावी तहको शिक्षण लाइसेन्स प्राप्त ढकालले बुढानिलकण्ठ नगरपालिकाका विद्यालयहरुको वृति विकास र सबलीकरणमा प्रभावकारी भूमिका खेल्नुका साथै कोरोना प्रकोपको समयमा संस्थागत विद्यालयहरुले भोगेको समस्या समाधान गर्दै विशेष राहत योजना कार्यान्वयनमा पनि सहजीकरण गरेकी थिइन्।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का करिव ३० वटा महिला संजालहरुलाई समन्वय गर्दै क्षेमता विकास र शशक्तिकरणका विभिन्न कार्यक्रमहरु समानरुपमा कार्यन्वयन गर्न सफल रहेकी ढकाल वडावासी माझ मिलनसार र सहज जनप्रतिनिधिका रुपमा परिचित छन।
दोश्रो पटक अन्तिमका दुई सुर्य चुनाव चिन्ह लिएर निर्वाचनको मैदानमा उत्रिएकी खुल्ला सदस्य पदकी उम्मेदवार शान्ता ढकाल पुडासैनीले विगत ५ वर्ष जनप्रतिनिधिका रुपमा संगालेको अनुभवले आगामी दिनमा थप प्रभावकारी रुपमा काम गर्ने उर्जा मिलेको भन्दै वडाको भौतिक पूर्वाधार विकास , सामाजिक अभियान ,महिला शशक्तिकरण , शिक्षा तथा साहित्य सेवा सहित दुई विशेष कार्यक्रमहरुलाई लागु गर्ने प्रतिवदत्ता ब्यक्त गरेकी छन।
१.ब्रान्डिंग बुढानिलकण्ठ ( Branding Budhanilkantha )
यस योजना अन्तर्गत नगरपालिका भित्र बुढानिलकण्ठ नाम राखेर संचालन हुने जुन सुकै व्यवसाय ,शैक्षिक संस्था , अभियान र संघ संस्थाहरुका लागि विशेष सुविधा प्रदान गरिनेछ। त्यस्ता व्यवसाय ,संघ संस्था र शैक्षिक संस्थाहरुको प्रवर्धनका लागि कर छुट ,सम्मान र प्रहोत्सानका विविध नीति तथा योजनाहरुलाई कार्यान्वयनमा लगिनेछ।
पाँच वर्ष भित्र करिव १० हजार बुढानिलकण्ठका नाम गरेका यस्ता धरोहरहरुको विकास गरेर बृहत बुढानिलकण्ठ सम्मेलनको आयोजना गरिनेछ।
४. वडा नं १२ मा विशेष सेवा
अहिले धेरै नगरवासीले सेवा लिने क्रममा अपह्नो जागिर विदा लिनु पर्ने , व्यवसाय बन्द गरेर आउनु पर्ने , स्कुल कलेज छोडेर धाउनु पर्ने समस्या भोगिरहनु भएको छ।
त्यो समस्या समाधानका लागि हाम्रो वडामा महिनाको एक दिन प्रातकालीन ( बिहान ) विशेष सेवा प्रदान गरिनेछ। यो सेवा प्रदान गरिने दिन वडा कार्यालयले बिहान देखि नै सेवा दिनेछ भने नगर प्रमुख उपप्रमुख सहित जनप्रतिनिधिहरुले जनता संग अन्तरक्रिया पनि गर्नुहुनेछ।