बुढानिलकण्ठ-१३ चुनिखेलको सभ्यता र संस्कृतिको प्रवर्धन मेरो पहिलो प्राथमिकता हुनेछ : भरत श्रेष्ठ
कपन अनलाइन
काठमाडौँ, बैशाख ८।
बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट बुढानिलकण्ठ नगरपालिका वडा नं १३ को अध्यक्ष पदमा सर्वसम्मत सिफारिस भएका भरत श्रेष्ठले चुनिखेलको सभ्यता र संस्कृतिको प्रवर्धन पहिलो प्राथमिकता हुने बताएका छन।
विहिवार स्थानीय संचारकर्मीहरु संग कुराकानी गर्दै समाजसेवी श्रेष्ठले काठमाण्डौ उपत्यकाको प्राचीन मध्येको एक बस्ति चुनिखेल संस्कृति र सभ्यतामा निकै धनि रहेको तर उचित पहल कदमी नहुँदा त्यसको प्रवर्धन हुन् नसकेको बताउदै आफुले निर्वाचनमा विजयी प्राप्त गरेमा पहिलो प्राथमिकता चुनिखेलको पहिचानलाई प्रवर्धन गर्ने नै हुने धारणा राखेका छन।
स्थानीय जात्रा ,पर्व र चाड पर्वहरुलाई विशेष योजनामा राखेर बजेट र विधि दुवै व्यवस्था गर्दै वडा नं १३ लाई संस्कृति संरक्षणमा नमुना वडा बनाउने योजना सुनाउदै अध्यक्ष पदमा सिफारिस भएका श्रेष्ठले भौतिक पूर्वाधार विकास संगै पर्यटन र मानवीय विकासलाई पनि तालिका नै बनाएर अगाडी बढाउने जानकारी दिएका छन।