काठमाण्डौ महानगरको उपप्रमुखमा नेकपा एसका दुई वडा अध्यक्षको चर्चा

कपन अनलाइन

काठमाडौँ, बैशाख ८।

पाँच दलीय गठबन्धनले काठमाण्डौ महानगरपालिकाको उपप्रमुख नेकपा एकीकृत समाजवादीलाई दिने निर्णय गरे संगै सम्भावित उम्मेदवारहरुका वारेमा चर्चा शुरु भएको छ।

नेकपा एस बाट उपप्रमुख पदका लागि विभिन्न नेताहरुको नाममा छलफल र चर्चा भए पनि काठमाण्डौ महानरपलिकाका दुई जना वडा अध्यक्ष सम्भावित उम्मेदवारको अग्रपंक्तिमा देखिएका छन।

को को छन उपप्रमुख पदमा दावेदार वडा अध्यक्षहरु ?

१. शुद्ध कुमार डंगोल 

काठमाण्डौ महानगरपालिका वडा नं ७ का अध्यक्ष शुद्ध कुमार डंगोल नेकपा एसका तर्फ बाट उपप्रमुख पदका लागि सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ३,७२४ मत सहित वडा सहित विजयी बनेका डंगोल २०५४ सालको स्थानीय निकायको निर्वाचनमा पनि जनप्रतिनिधि रहेका थिए।

२. ईश्वरमान डंगोल 

काठमाण्डौ महानगरपालिका वडा नं १५ का अध्यक्ष तथा महानगरका प्रवक्ता ईश्वर मान डंगोल पनि नेकपा एसका तर्फ बाट उपप्रमुख पदका लागि सम्भावित दावेदारका रुपमा रहेका छन।

२०७४ सालको स्थानीय तहको निर्वाचनमा ४९०५  मत सहित वडा सहित विजयी बनेका डंगोल रचनात्मक र सृजनशील काम गरेर चर्चा कमाएका जनप्रतिनिधि हुन्।

माथिका दुई वडा अध्यक्ष सहित नेकपा एसका तर्फ बाट महानगर उपप्रमुखमा  रामेश्वर श्रेष्ठ, रन्जना मास्के र सिता श्रेष्ठको  पनि  चर्चामा रहेका छन।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।