बुढानिलकण्ठ नगरपालिकाका तिन वडा अध्यक्षहरुले मैदान छाडे ….

कपन अनलाइन

काठमाडौँ, बैशाख ८।

२०७४ सालको निर्वाचनमा बुढानिलकण्ठ नगरपालिकाका विभिन्न वडाको अध्यक्ष पदमा निर्वाचित भएका तिन जनाले दोस्रो कार्यकालमा उम्मेदवार नबन्ने भन्दै मैदान छाडेका छन।

बुढानिलकण्ठ नगरपालिकाका १३ मध्ये ११ वडामा निर्वाचित भएका नेकपा एमालेका अध्यक्षहरुमा दुई जनाले र नेपाली कांग्रेसका एक जनाले नेतृत्व विकासका लागि भन्दै उम्मेदवारी दावी गर्ने रेस बाट अलग भएका हुन्।

को को छन मैदान छाड्ने वडा अध्यक्ष ?  

१. राजु खड्का 

बुढानिलकण्ठ नगरपालिका वडा नं ४ का अध्यक्ष राजु खड्काले यस पटकको निर्वाचनमा उम्मेदवार नबन्ने भन्दै वडा सदस्य श्रीराम केसीलाई अगाडी सारेका छन।

२०७४ सालको निर्वाचनमा खड्का १११७ मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए।

२. राजेन्द्र सापकोटा   

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष राजेन्द्र सापकोटाले पनि यस पटक उम्मेदवार नबन्ने भन्दै मैदान छाडेका छन। २०७४ सालको निर्वाचनमा सापकोटा ९२०  मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए।

३. श्रीकृष्ण श्रेष्ठ

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले नयाँ पुस्ताको नेतृत्व विकासका लागि भन्दै वडा अध्यक्षको दौड बाट बाहिरिएका छन ।

२०७४ सालको निर्वाचनमा श्रेष्ठ १०९५  मत सहित वडा अध्यक्षमा निर्वाचित भएका थिए।

 

 

तपाइँको प्रतिक्रिया ।