बुढानिलकण्ठको उपप्रमुखमा नेपाली कांग्रेसकी पवित्रा पोखरेलको चर्चा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

बुढानिलकण्ठको उपप्रमुखमा  नेपाली कांग्रेसकी पवित्रा पोखरेलको चर्चा चलेको छ।

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बुढानिलकण्ठ -१० की पोखरेलले  नगर उपप्रमुख दावी गर संगै सो चर्चा चलेको हो।

सुनसरी जिल्लाको  भगवती स्कूल बाट राजनीतिक यात्रा शुरु  गरेर  इनरूवा सुनसरी क्याम्पसमा नेवि संघ , तरुण दल महिला संघ हुदै  नेपाल चलचित्र श्रमिक संघको केन्द्रीय उपाध्यक्ष बनेकी पोखरेल पत्रकारिता क्षेत्रमा पनि सक्रिय रहेकी थिइन्।

महेन्द्र नारायण प्रतिष्ठान र अन्तर्राष्ट्रिय रक्तदाता संघ नेपालको केन्द्रीय सदस्य रहेकी पोखरेल २०४६ सालको जना आन्दोलन देखि निरन्तर नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहदै आएकी छन।

राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको नेतृत्व बिकास तलिमकी बिज्ञ तथा प्रशिक्षक पोखरेलले पदम कन्या क्याम्पसमा मानव शास्त्र र समाजशास्त्र अध्ययन गर्नुका साथै स्वास्थ्य क्षेत्रमा  एच ए (HA )का रुपमा समेत योगदान दिएकी छन ।

तपाइँको प्रतिक्रिया ।