तारकेश्वर नगरपालिकाको प्रमुखमा दावी गर्ने नेकपा एमालेकी एक मात्र महिला सावित्रा शर्मा

कपन अनलाइन

काठमाण्डौ ,बैशाख ६।

नेकपा एमाले जिल्ला कमिटी सदस्य सावित्रा शर्मा तारकेश्वर नगरपालिकाको प्रमुखमा दावी गर्ने नेकपा एमालेकी एक मात्र महिला दावेदार रहेकी छन ।

त्रिभुवन बिश्वबिध्यालयबाट दुईवटा बिषयमा स्नातकोत्तर गरेकी शर्माले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नगर प्रमुख पदमा शशक्त  दावेदारी गरेकी छन।

लामो समय देखि राजनीति संगै विभिन्न सामाजिक अभियानमा सक्रिय रहेकी शर्माले तारकेश्वर नगरपालिका विकासको अवधारणा सहित नगर प्रमुख पदमा दावी गरेकी हुन्।

करिव ४ दशक देखि कम्युनिस्ट आन्दोलनमा योगदान पुर्याउदै आएकी शर्मा २०३८ देखि ४० सम्म जनता मावी सर्कुवा बाग्लुंगको स्ववियु सदस्य समेत रहेकी थिइन्।

२०४३ सालमा पिपल्स क्याम्पसको स्ववियुमा सक्रिय रहेकी उनले २०४८ सालमा पार्टी सदस्यता प्राप्त गरेकी थिइन् भने २०६५ देखि ७८ सम्म बाग्लुंग काठमाण्डौ संपर्क मंचको पदाधिकारीका रुपमा सक्रिय रहेकी थिइन्।

तारकेश्वर नगरपालिकामा वडा कमिटी सदस्य ,नगर कमिटी सदस्य हुदै जिल्ला कमिटी सदस्य बनेकी शर्माले तारकेश्वर नगरपालिकाको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताएकी छन।

 

 

तपाइँको प्रतिक्रिया ।