राज्य र हाम्रो नैतिकता

राज्य र हाम्रो नैतिकता

२०७२ साल बैशाख १२ गतेको मध्यान्ह १२ बजे नेपालको इतिहासमा भयानक दिनको रुपमा लेखिनेछ । १९९० सालको भूकम्पको इतिहास सुनेका मात्र लाखौं नेपाली यसको गतिले त्रसित भए, हजारौं घाइते भए, हजारौंकै संख्यामा मृत्युको मुखमा पुग्न विवश भए । केही घण्टाको लागि राज्य र जनताको सम्पर्कका सम्पूर्ण संयन्त्रहरु ध्वस्त भए । र त्यसपछि पीडितहरुलाई उद्धार तथा राहतको देशविदेशबाट सहयोगी हातहरु फैलिन थाले । के शहर के गाउँ सबै भेगका जनताको वासस्थान खालीठाउँ, पाल र टेन्टमुनि हुन पुग्यो । लाग्थ्यो, प्रकृतिमात्र त्यस्तो शक्ति हो जसले कसैलाई पक्षपात गर्दैन । तर यस परिस्थितिका बावजुद केही टाठाबाठा भनाउँदाले राज्यलाई गाली गर्दै आफ्नो नैतिकता बेचेको दृश्यले पिडीतको पीडामाथि नुनचुक छर्कने काम गरेको छ ।

त्यस्ता केही दृश्यहरु यसप्रकारका छन् ः काठमाडौं उपत्यका भित्रका दृश्यहरु

१) बजारमा भएका पालहरु सकिए । पैसा भएर पनि जनता पालमा बस्न पाएनन् । अनि राज्यले काम नगरेको भन्दै राज्यमाथि बृद्धिजीवि भनाउँदाहरु खनिए । गाली गर्ने, दोषारोपण गर्ने एक ठाउँको खोजीमा उनीहरु थिए, राज्य सहजरुपमा तारो बन्ने नै भयोे ।

२) दोस्रो र तेस्रो दिनमा राज्य लगायत सामाजिक क्षेत्रले पाल पठायो । प्रहरी, नगरपालिका, सामाजिक संघसंस्थामा पहुँच तिनै टाठाबाठाको थियो । पहिलो किस्ताको पाल उनैले लगे, आफ्नो वासस्थान सहज बनाए । बचेको पाल राज्यलाई गाली गर्र्दै वितरण गरे र आपूm महादानी बने ।

३) चौथो दिनदेखि खाली ठाउँमा टाँगिएका पालहरु एकाध बाहेक सबै उठाइए । राज्यले दिएको पाल कहाँ पुग्यो ? कसैले पत्तो नै पाएनन् । खोजी गरिहालेमा सहज उत्तर थियो सिन्धुपाल्चोक पठाइयो । थाहा छैन ती पाल सिन्धुपाल्चोक पुगे वा पुगेनन् ? किनकी ती टाठाबाठा कसैप्रति जवाफदेही थिएनन् ।

४) राहत भन्दै चाउचाउ लगायतका खाद्यान्न वितरण शुरु भयो । राहत लिने लाममा पाँचतले घर (जुन खासै क्षति भएका थिएनन्, घरमा सबै सकुशल थिए) का घरधनीहरु दुइपोका चाउचाउका लागि लाइन लागेको देखियो ।

५) काँठ क्षेत्रमा सम्पत्तिको नाममा एउटा कच्ची घरमात्र भएकाहरु अझैपनि पाल नपाएको अवस्थामा छन् । अफसोस, रेडक्रसजस्तो निस्वार्थी संस्था समेत उनीहरुसम्म नपुगेको पाइयो ।

काठमाडौं उपत्यकामा देखिन सक्ने सम्भावित परिदृश्यहरु ः

१) प्राविधिकलाई नजराना चढाएर, नक्साभन्दा विपरीत नक्सा बनाएर दुर्घटनामा परेका घरलाई पहुँचका आधारमा क्षतिपूर्ति मागिनेछन् । क्ष्ाितपूर्तिको कमिसन प्रतिशत तोकिनेछ ।

२) काँठ क्षेत्रमा धेरैका एउटा पुरानो कच्ची घर र एक वा एकभन्दा बढी नयाँ पक्की घरहरु छन् । ती मध्ये प्रायजसो कच्ची घर भत्केका छन् (जहाँ कोही पनि बस्दैनथ्यो) र पक्की घरहरु सग्ला छन् । अब कच्ची घर देखाएर सम्पन्नले समेत क्षतिपूर्तिको माग गर्नेछन् । उनीहरु मतदाता पनि हुने भएकाले राजनीतिक दलहरु स्वभावतः भोटबैंक गुमाउन चाहने छैनन् ।

३) काठमाडौंमा राहतस्वरुप आइपुगेको चामल लगायतका खाद्यान्न पनि तिनै टाठाबाठाले कुम्ल्याउने छन् । पाउनुपर्ने जनताभने पहुँचको अभावमा भौंतारिने छन् ।

उपत्यका बाहिरका दृश्यहरु ः

१) पहिलो दिन खबर आइपुग्नै समय लाग्यो । )स्मरण रहोस् बजारमा चलेको हल्ला अनुसार प्रम सुको ले त नमोको ट्विट्बाट आफ्नो देशमा परेको विपत्ति थाहा पाउने देश हो हाम्रो ।)

२) दोस्रो दिन काठमाडौंमा रहेका छोरा नाति आइपुगे र सामान्य बासको जोहो गरे ।

३) तेस्रो दिन गाउँ पुगेका छोरा नाति फेरि काठमाडौं फर्किए, खाद्यान्नको जोहो गरेर गाउा गए । अलिकति आत्मविश्वास पलायो ।

४) चौंथो दिनदेखि राहत बाँड्नेको लर्को लाग्यो । प्रायले सडकछेउको बस्तीलाई रोजे । किनकी एकघण्टा वा सोभन्दा बढी हिँड्ने सामथ्र्य सँधै बस, कार, मोटरसाइकल चढ्नेमा कहाँ थियो र ? सामाजिक सञ्जालमा फोटोको बाढी लाग्यो । तछाँडमछाँड गर्न सक्ने, परिवारमा धेरै सदस्य भएका, टाठाबाठाले राहत पाए । दुरदराजका जनता चौथो दिनसम्म पनि खुला आकाशमा जे पाइन्छ त्यही खाएर बसिरहे ।

५) आफ्नो गाउँमा खाद्यान्न नपुगेको थाहा पाएर दसतिर खोजमेल गरी गाउँ पठाएको अन्न पनि सडकछेउका बासिन्दाबाट लुटियो । दुरदराज फेरि पनि हिस्स बुढी ञिच्च दाँत भयो ।

६) परिणामा सडकछेउका धेरै गाउँमा ६ महिनालाई पुग्ने अन्न जम्मा भयो । दुरदराज अझै रोइरहेको छ ।

७) खाद्यान्न वितरणलाई मात्र राहत देख्नेहरुका आँखामा उत्खनन नभएको घर, घरभित्रै सडेका पशुहरु परेनन् । उदाहरणको रुपमा घटनाको सातौं दिनसम्म पनि सिन्धुुपाल्चोकको सुगम मानिने मेलम्ची बजारक्षेत्रका कुनैपनि घरहरु उत्खनन् भएका थिएनन् । मेलम्चीमा रहेको प्रतिष्ठित एक गैरसरकारी संस्थाको सामान झिक्न प्रहरी गुहार्दा समेत प्रहरी नगएको स्थिति थियो । अब के गर्नुपर्ला ? कुनै पनि समस्यालाई समस्याका रुपमा मात्र देखाउनु लेखकको उद्देश्य होइन । समाधानको गोरेटो पनि खन्न सक्नुपर्छ ।

त्यसकारण पक्तिकारको दृष्टिमा राहत र उद्धारलाई व्यवस्थापन गर्न गरिनुपर्ने सम्भावित कार्यहरु यसप्रकार हुन सक्छन् ।

उपत्यकाभित्र ः

१) राहत पाउनेहरुको सूची सामाजिक सञ्जालहरुबाट प्रकाशित गर्ने ताकि चियापसलमा ठूला कुरा गर्नेहरुको नियत प्रष्ट होस् ।

२) काँठ क्षेत्रमा भत्किएका घरहरुको जस्ता, काठ आदिको प्रयोग गरी बस्ने मिल्ने सामान्य घर मर्मत गरिदिने । त्यसका लागि स्वयंसेवक बन्न चाहनेहरुका लागि आह्वान गर्ने ।

३) भूकम्पबाट भत्किएका पक्की घरको हकमा मापदण्ड मिचेर बनाइएको घर हो वा मापदण्डभित्र रहेर निश्चित गरेर मात्र क्षतिपूर्तिको लागि प्रक्रिया अगाडि बढाउने ।

४) मापदण्ड मिचेको घरलाई स्विकृति दिइएको पाइएमा सम्बन्धित प्राविधिक, बनाउने घरधनी, सल्लाह दिने ठेकेदार लगायतलाई कारबाही गर्ने

उपत्यकाबाहिर ः

१) राहत संकलनकर्तालाई राहत बाँड्न दिने तर उक्त टोली कहाँ गएको हो लगत राख्ने । जसले गर्दा कुनै ठाउँमा राहतको थुप्रो लाग्ने र कुनै ठाउँमा नपुग्ने अवस्था नहोस् ।

२) नाफामुखी संस्थाहरुले भूकम्प पीडितलाई सहयोग गरेमा उक्त खर्चलाई खर्च लेख्न पाइने व्यवस्था मिलाउने । जसले संस्था, कम्पनीहरुले मन खोलेर सहयोग गर्न सकुन् ।

३) स्वयंसेवाको लागि आह्वान गर्ने । उनीहरुलाई प्रमाण पत्रको व्यवस्था गर्ने । स्मरण रहोस् एसएलसी दिएर बसेका , +२ पढ्दै गरेका युवा पुस्ताले सहयोग गर्ने माध्यम भेटिरहेका छैनन् ।

४) स्वयंसेवी र स्थानीयको सहकार्यमा स्थानीय स्तरमा उपलब्ध सामानहरुको सहायताले अस्थायी बासस्थानको निर्माण गर्ने, मृत चौपायाहरुको उचित व्यवस्थापन गर्ने । नदीमा जथाभावी नफ्पाँक्ने ।

५) राहत लिनेहरुको नाम सामाजिक सञ्जाल, सरकारी निकायको कार्यालयमा टाँस गर्ने । यदि अब पनि व्यवस्थित रुपमा राहत वितरण, उद्धार र पुनस्र्थापना नगर्ने हो भने यसको नकारात्मक प्रभाव लामो समयसम्म नेपाली समाज पर्नेतर्फ सबै सजग र सचेत रहन जरुरी छ ।

Nepal123

तपाइँको प्रतिक्रिया ।