नेकपा एमाले काठमाण्डौको प्रतिनिधि परिषद बैठकको उदघाटन सम्पन्न , आज देखि बन्द सत्र

नेकपा एमाले काठमाण्डौको प्रतिनिधि परिषद बैठकको उदघाटन सम्पन्न , आज देखि बन्द सत्र

कपन अनलाइन

काठमाडौं , चैत २९।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बुढानिलकण्ठ नगरपालिका वडा नं  १० मा रहेको कपन ह्यान्डबल बहुउद्देश्यीय खेलकुद मैदानमा खुला सभा गरेको छ। नेकपा (एमाले), काठमाडौंको प्रथम प्रतिनिधि परिषद बैठकको उद्घाटन सत्र सम्पन्न भएको छ

नेकपा (एमाले), काठमाडौंका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा सम्पन्न खुलासत्रमा नेकपा (एमाले) का बरिष्ठ उपाध्यक्ष इश्वर पोख्रेल प्रमुख अतिथिको रुपमा रहेका थिए भने अतिथिको रुपमा पोलिटव्युरो सदस्य कृष्ण राइ, स्थायी कमिटि सदस्य एबम काठमाडौं इन्चार्ज आनन्द पोख्रेल , बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेल ,केन्द्रिय नेताहरु रामेश्वर फुयाँल ,नारायण शिलवाल, सरिता निरौला , विधा सुन्दर शाक्य लगायत नेकपा एमालेका प्रदेश कमिटि ,नेकपा एमालेबाट निर्वाचित साम्सद ,नेकपा एमालेबाट निर्वाचित मेयर, उपमेयर, वडाध्यक्ष लगायतका जनप्रतिनिधिहरु, जिल्ला  नगर र वडा कमिटी ,विभिन्न जनबर्गिय संगठनहरु लगायतका पदाधिकारी तथा सदस्यहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो।

गित नृत्य सहितका सांस्कृतिक कार्यक्रमहरु समावेश गरिएको प्रथम प्रतिनिधि परिषद बैठकको उद्घाटन सत्रमा नेकपा (एमाले) काठमाडौं ४ का संयोजक राजन कुमार पोखरेलले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रममा स्थायी कमिटि सदस्य एबम काठमाडौं इन्चार्ज आनन्द पोख्रेल,पोलिटव्युरो सदस्य कृष्ण राइ, बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले आफ्नो मन्तव्य राखेका थिए।

नेकपा (एमाले), काठमाडौंका अध्यक्ष दीपक निरौलाको मन्तव्य सहितको अध्यक्षता रहेको कार्यक्रममा नेकपा एमाले बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोलले समापन मन्तव्य राखेका थिए।

नेकपा (एमाले), काठमाडौंको प्रथम प्रतिनिधि परिषद बैठकको बन्द सत्र आज ३० गते शनिवार बुढानिलकण्ठ ११ मा रहेको कपन दरवार पार्टी प्यालेसमा संचालन गरिने बताइएको छ। उक्त बन्द सत्रमा भर्खरै केहि महिना अघि सम्पन्न जिल्ला अधिवेशनमा प्रतिनिधि रहेकाहरु, पर्यवेक्षक तथा स्वयंसेवकहरु सहभागी हुनेछन।

तपाइँको प्रतिक्रिया ।
Close