खबरदारी : छायादत्त न्यौपाने ‘बगर’ (लघुकथा )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १२।
चेतनसिंहका छोराले सोधे –‘किनबाबाहाम्रो आकाश सधैँ
अँध्यारो ?’ भरखर एघारमा पढ्दै गरेका छोराको यस्तो प्रश्न सुनेर चेतनले सास ताने, छोराको अनुहार हेरेर भने– ‘अदूरदर्शी सरकारी बेथितिमच्चि –
रह्यो ! विपक्षीले सडक तताइरहे ! जनजीवन सधैँ तानातानमा । खुम्चिएको पुरानो चेतना नउघारिएको समाजका स्वार्थी फेर समातेर हिँड्ने योजनाविहीनकुहिराको कागझै उड्नुमै पुुरुषार्थ देख्ने शासकले उज्यालो मन पराउँदैनन्
नि !’
‘त्यसो भएहामीले जीवनअँध्यारोमै बिताउने हो ?’ छोराले अर्को जिसासा राखे । चेतनपनिचुप बस्न सकेनन् ।
–‘खुलेन हाम्रो आकाश ! तिर्मिराइरहे जूनतारा ! बादल छेकिरह्यो घाम । कुन बाटो हिँडे ठाउँमा पुुगिन्छ ?जनताअलमलिरहे । साँझकायात्रीलाई बस बिसौनीमाहोटेल व्यावसायीले झैं राजनीतिक पार्टीहरूको खिचातानीले सताइरहको छ जनता ! वर्षौं बिते
जनताले पनि सहारा खोजिरहे आफै हिँड्ने आँटै देखाएनन् ।’
बाको गम्भीर जबाफले छोरा नवीन सोच मग्नभए । उनले थपे – ‘घरपरिवारमै किचलो देखेपछि छिमेकीले फाइदालिन अनेक दाउपेच रच्छ, अहिले त्यही त भइरहेको छ । हाम्रो स्वाभिमानझुकाएर दूरगामीलाभ लिइहाल्छ
नि ! आपसी भाँडभैलो देखेपछि धमिलोमा माछा कसले मार्दैन ? छोराको तर्क सुनेर चेतन फेरि गम्भीर बने । उनले भने – ‘हो, छोरा भित्र जे भएपनिअरुले देख्दा एक भएर घरनीति, व्यवहारनीतिबलियो बनाई कूटनीतिक क्षमता देखाउन सक्नुपर्ने ! विवेक नभएकायी राजनीतिक बेइमानहरूकै कारण देश छिन्नभिन्न भो । जनताको आवश्यकखबरदारी पनि देखिएन ।’
त्यसो भएहामी केही गर्न सक्तैनौं बाबा?नवीनले अर्को कुरा थपे । हो, नवीनजनता सचेत, सक्रिय र इमानदार भई पद–पैसाको पछि लागेका देशघाती नेतालाई देश र जनताको पक्षमालाग्नबाध्यपार्नुको विकल्प छैन । यिनलाई सामाजिकबहिष्कार गरेर नयाँ सुझबुझ र इमानका साथकाम गर्ने जुझारुपात्रको चौपट्टै खाँचो छ !
हो, बाबा यस्तै बेथिति देखेर त मेरा साथीहरू बिदेसिने बाहेक अरु केही सोच्दै सोच्दैनन् ! मैले पनि खै कतै उज्यालो देख्दिनँ !
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक