सडक बालक : डा. गोबिन्दशरण उपाध्याय ( यो कथा होइन )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र १२।
कुनै निजी विद्यालयको बस सडकमा उभिएको थियो । सडक त्यतिबिध्नबाक्लो थिएन । आमाहरू आ–आफ्ना बालबालिकालाई लिएर गाडीतिर आउँदै थिए ।
शरीर अली ठूलो भएकी अन्दाजी ७वर्षे बालिकालाई आमाले बस भित्र छिराउने क्रममा ती बालिका तल
खसिन् । म मेरो बाइकबाट महाराजगन्जको बाटोमा थिएँ । त्यो देखेर म ढक्क अडिएँ ।
धेरै मान्छेहरू गलल गरेर हाँसे । बालिका रून थालिन । आमाले बालिकालाई उठाउने प्रयन्त गरिरहेकी थिइन् । धेरै मान्छेहरू रमिते नै थिए । म भने पल्लोपट्टि ‘मदतका लागि’बाइक उभ्याउँदै थिएँ ।
बालिका बसबाट झरेको देखेर एकजना झुत्रे बालक (सडक–बालक) आफ्नो बोरा फालेर बालिकालाई उठाउँने काममा सघाउँन थाले । पुनःबालिका बसमा गएर बसिन् । विडम्वना, बालिकाकी आमाले बालकलाई धन्यवाद सम्म भनिनन्, बरू मुख विगरिन् ।
सडक बालक चिच्याउदै भन्दै थिए ‘अर्को बच्चा बसबाट खस्दा खुबै हाँस्ने लाज पचेका !’ बालक वोरा बोकेर बाटो लागे तर ती बालक आज पनि मेरो मनमस्तिष्कमा ताजा छन् । ‘झुत्रे’ बालकको त्यो मानवता सुनेर/देखेर काठमाडौँले केही सिकोस् ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक