तिम्रो आगमन : सोनाली सपना पात्र (बडम्बा, कटक)
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।
वसन्त आएको छ
मन प्रफुल्लित भएको छ
हावाका झोकाहरु मसँग ठोकीएर दौडीरहेको छ
त्यसैले प्रकृति अझैँ सुन्दर लागीरहेको छ !!
फागुनका चराहरु आकाशमा उडिरहेछन
यो कस्तो सुन्दरता
कती सुन्दर लागीरहेछ पृथ्वी
कोइलीको मिलन हुँदा बासुरी दाई बाँसुरी बजाईरहेछन
फूलहरु भमराहरुको स्पर्शले मुस्कुराउँछन्
यो कस्तो रोमाञ्चक !
साँझ सुन्दर छ
उज्यालो साँझले तालहरुलाई उज्यालो बनाईरहेछ
यो कस्तो सुन्दरता !
वसन्तले एकताको पर्व ल्याएको छ
प्रकृति सुन्दरताले भरिएको छ
राधाले श्यामसँग भेट गर्नेछिन्
हे ऋतुराज तिम्रो आगमनले
संसार आज मुस्कुराएको छ
जमिन देखि आकाश सम्म सँसार सुन्दर देखीरहेको छ
यही समय तिम्रो आगमनले जीन्दगी रंगीन भएको छ ।
(अनुवाद: कमल ढुङ्गाना)
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।