विभेद : डा. गोबिन्दशरण उपाध्याय

विभेद : डा. गोबिन्दशरण उपाध्याय

कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।

एकजना ख्याउटे मधेसी मूलका व्यक्तिले पुरानो साइकलमा सकिनसकी तानेर अभोकड़ो बेचिरहेका थिए । मैले पनि अभोकड़ो किन्ने जमर्को गरें । एत्तिकैमा दूईजना मङ्गोल अनुहार भएका युवाहरू आए । मोलतोल गरे, मोल मिलेन । अचानक ‘धोती, तलाईं हामीले काठमाडौँमा काम दिएका छौँ । हाम्रो मूल्यमा दिन सक्दैनस्’ – उनीहरूले साइकल घुच्याए । सबै एभोकेड़ो सडकमा छरियो । ती व्यक्तिको शरीर काम्यो ।
पातलो कपडाभित्र जेलिएको दुब्लो शरीरको ‘मधेशी’को आँखामा आँशु देखिए । मैले पनि छरिएका फल बटुल्न सघाएँ । मप्रति उनको कृतज्ञता बयान होइन अनुभव गर्न सक्छु । वरिपरी मान्छे झुम्मिए तर कसैले पनि ती युवाहरूलाई केही भनेनन् न त पोखिएको फल बटुल्न सहयोग गरे । उनले मैले किनेको १ किलो अभोकड़ोको पैसा नै स्वीकार्न मानिरहेका थिएनन् । तर मैले उनको गोजीमा नै हालिदिएँ । दुब्लो शरीर र दूब्लो साइकलमा लुकेको एउटा नेपाली नागरिकको स्वाभिमान देख्न नसक्ने र उनको दुःखप्रति एकशब्द पनि बोल्न नसक्ने काठमाडौँप्रति खेद व्यक्त गर्छु । काठमाडाँै धनि होला, मानी होला तर मान्छे बन्न धेरै समय लाग्ने छ ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।