काठमाण्डौ महानगरपालिका वडा नं ९ अध्यक्ष : को को छन नेकपा एमालेका संभावित दावेदारहरु ?
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५ ।
बैशाख ३० स्थानीय तहको निर्वाचन घोषणा संगै काठमाण्डौ महानगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित उम्मेदवार र दावेदारहरुका वारेमा अनौपचारिक चर्चा शुरु भएको छ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष सहित ५ सदस्य जितेको नेकपा एमालेबाट आगामी निर्वाचनमा वडा अध्यक्ष पदमा दावेदार गर्ने उम्मेदवारहरुका वारेमा चर्चा परिचर्चा शुरु भएको छ।
शाखा र टोल कमिटीमा सर्वसम्मत नेतृत्व चयन गरेको नेकपा एमालेका तर्फबाट वडा अध्यक्ष पदमा दावेदारी दिनसक्ने केहि नेताहरुको वारेमा यहाँ चर्चा गरिएको छ।
१. रामकृष्ण श्रेष्ठ
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी सदस्य तथा क्षेत्र नं २ ( २ ) सचिव रामकृष्ण श्रेष्ठ आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं ९ को अध्यक्षमा निर्वाचित भएका श्रेष्ठले २५१७ मत प्राप्त गरेका थिए।
२.सृजना भेटवाल
नेकपा एमाले काठमाण्डौ महानगर कमिटीकी उपसचिव सृजना भेटवाल पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं ९ को सदस्यमा निर्वाचित भएकी भेटवालले २५७९ मत प्राप्त गरेका थिए।
३.श्रीराम राई
नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीका सदस्य श्रीराम राई पनि आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट काठमाण्डौ महानगरपालिका वडा नं ९ को अध्यक्षमा सम्भावित दावेदारका रुपमा रहेका छन।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा काठमाण्डौ महानगरपालिका वडा नं ९ को सदस्यमा निर्वाचित भएकी राईले २३४७ मत प्राप्त गरेका थिए।