अनमोल छ जीवन : ढुण्डिराज पोखरेल ( नीतिकथा )
कपन अनलाइन
काठमाण्डौ ,चैत्र ५।
एक जना व्यक्ति घरको गरिबीका कारण गाउँ छोडेर सहर पसेछ कामको खोजीमा व्यापारीहरूको गोदाममा भएका सामानहरू ओसार्ने गाडीबाट लोड अनलोड गर्ने गोदाममा व्यवस्थित रूपले सामानहरू मिलाउने काम पाएछ । करिब ५ वर्ष त्यस्तो काम गरेपछि उसले विवाह गरेछ, डेरा लिएर बसेको अवस्थामै उसका दुई छोराछोरी भएछन् एक दिन ऊ बिरामी परेछ र डाक्टरकोमा गएर जचाउँदा, गह्रौ भारी नबोक्नू, नउचाल्नू भन्ने सल्लाह पाएपछि आफूसँग सञ्चित रकमबाट उसले एउटा रिक्सा किनेर चलाउन थालेछ । कमाइ राम्रो थियो, छोराछोरी हुर्कदै थिए । अत्यावश्यकीय खाद्य सामानको कमी थिएन । बच्चाहरूलाई स्कूलमा भर्ना गरिदियो ।
समयको गति सबैको एकनाश रहँदैन जीवनमा उतार चढाव सुख दुःख आइ नै रहन्छ, सामान्य रूपमा चल्दै गएको उसको रिक्सा चालक पेसा राम्रै चलेको थियो । दिनभरिको कमाइबाट रिक्साको साहुलाई दैनिक रू.५००÷– बुझाएर पनि ऊसँग प्रायः दुई चार सय बचेकै हुन्थ्यो ।
एक दिन रिक्सा चलाइरहेकै अवस्थामा एउटा गाडीले उसको रिक्सालाई नराम्ररी ठक्कर दियो र ऊ रिक्सासहित जमीनमा ढल्यो । सबै मानिस जम्मा भएर उसलाई अस्पताल पु¥याए तर उसको एउटा दाहिने हात काम नलाग्ने गरी भाँचिएकोले काट्नुपर्ने डाक्टरले सल्लाह दिए । कुहिनामाथिबाट हात काटियो । लामो समयसम्म अस्पताल बसेर ऊ कोठामा फर्कियो । श्रीमती छोराछोरी निराश भएर बसेका थिए । ऊ अब केही गर्न सक्ने अवस्थामा थिएन । क्रमशः केही समय जेनतेन घर खर्च चल्दै गयो । अब दोकानदारले उधारो पत्याउन छोडे । चिनेजानेकाले सापटी दिन छोडे । उनीहरूको दैनिकी चलाउन मुस्किल हुँदै गयो । श्रीमती पनि झर्को मान्न थाली बच्चाहरू पनि पर पर भए । उसलाई यो सबै देखेर विरक्त लाग्दै गयो । जीवनमा अब बाँचेर के सन्तोष सुख मिल्न सक्छ र ? यस्तो सोच बन्दै र हुर्कदै गयो । एकदिन उसकी श्रीमतीले भनी, ‘कस्तो दशा लागेर यो पापीसँग विवाह गर्न पुगिछु । अब कसरी जीवन चलाउने ?’ श्रीमतीले उसलाई भनी, ‘जे सकिन्छ त्यही काम खोजेर गर म अब सक्दिन । यति भन्दै ऊ झोला मिलाउन थाली । त्यो देखेर उसले भन्यो – ‘किन झोला ठिक पारेको ?’ श्रीमतीले भनी, ‘माइत जान्छु भोलि बिहानै । छोराछोरी जिम्मा लिनु कसरी के ख्वाउने हो आफै जान्नु ।’
श्रीमतीमा आएको परिवर्तित व्यवहार तथा कोठाको दुःखद् अवस्था देखेर उसले त्यही दिन मर्ने निश्चय गरेर घरबाट हिड्यो । कसरी मर्ने ? विष किन्ने ? झुन्डिएर मर्ने ? झुन्डिनलाई त डोरी किन्ने पैसा पनि उसँग थिएन । बरू नदीमा हामफालेर मर्छु भन्ने निश्चय गरेर ऊ फटाफट नदीतिर गयो । नदीमा पुगेर उसले अग्लो एउटा ढुङ्गामा चढेर एकपटक छोराछोरीलाई सम्झ्यो र एकक्षण आँखा बन्द गरेर बस्यो ।
उ चढेको ढुङ्गाको फेदमा नदी किनारामा एकजना व्यक्ति स्नानपछि पाठ पूजा गरेर घर फर्कन लाग्दै थिए । त्यो अपाङ्गलाई सकी नसकी त्यो अग्लो ढुङ्गामा चढेको देखेका थिए । यो राम्रो नियतले ढुङ्गामाथि चढेको छैन भन्ने निश्चय गरेर उनी ढुङ्गामाथि उक्लिए र त्यो मान्छेलाई च्याप्प समातेर भने – ‘ए भाई’ तिमी यहाँ किन चढेको । भन्दा उसले सत्य भन्यो – मर्न हजुर’ किन मर्ने नी ? भन्दा आफ्नो सम्पूर्ण विवरण सुनायो र रूदै भन्यो – ‘मेरो एउटा हात छैन अब रिक्सा चलाउन र अरू काम पनि गर्न सक्दीन, म किन बाँचौ त ?’ भन्दा ति मान्छेले भने – ‘अहिले नै मरी नहाल, हिडँ म तिमीलाई एउटा धन भएको मन भएको व्यक्तिकोमा लैजान्छु’ भनेर च्याप्प हात समातेर भने – तिमीलाई कति पैसाको खाँचो छ ? उसले एकलाख भए समस्याबाट पार हुने थियो भन्यो । उसलाई एउटा भव्य महलभित्र लगियो खान दिइयो र एकजना राजा महाराजा झैं देखिने मानिसको अगाडि पु¥याइयो । त्यो अपाङ्गलाई ती राजाझैँ देखिने व्यक्तिले सोधे – ल तिमीलाई एक लाख चाहिएको रहेछ । म दुई लाख दिन्छु । तिम्रो एउटा आँखा मलाई देउ भने । ऊ झस्कियो र भन्यो । अहँ हुदैन । म आफ्नो अङ्ग जस्तै परे पनि बेच्न सक्दिनँ । बरू जस्तो पर्छ उस्तै गरी जीवन बिताउँछु भन्यो । त्यो सुनेर फेरी ती राजा झैं देखिने मानिसले भने – हेर भाइ, मानिसका प्रत्येक अङ्गहरू महत्वपूर्ण हुन्छन् । तिमी एउटा हात नहुँदैमा फाल हालेर मर्न भनेर आयौं तर हेर दुवै हात नभएका आँखा गुमाएका गोडाहरू गुमाएर हात टेक्दै हिँड्ने मानिसहरू खोज्दै गए प्रशस्त भेटिन्छन् । तसर्थ तिमी अब मर्ने विचार छोडेर कर्म गर्ने सोच बनाउ ।
हेर ! यो मानव चोला फेरि फेरि नपाइन पनि सक्छ । जसरी तिमी दुई लाखमा आफ्नो एउटा आँखा दिन तयार भएनौ त्यस्तै हाम्रा हात, गोडा, आँखा, कान, छाला जस्ता हरेक अङ्गहरू महत्वपूर्ण अनमोल सम्पत्ति हुन् । आफैसँग करोडौंको सम्पत्ति हुँदाहुँदै केही छैन गरिब भए भनेर हिड्नु लज्जास्पद कुरा हो र मानव जीवनलाई नबुझ्नु हो । परमात्माले हरेक प्राणीलाई जस्तै मान्छेलाई पनि मानव जीवन दिँदै चेतना पनि दिनुभएको छ । मानिस विवेकशील छ । विवेकपूर्ण तरीकाले बुद्धि पु¥याएर गर्न सके मनुष्य नै एउटा सर्व शक्तिमान परमेश्वरको अंश स्वरूप भगवान् हो । तसर्थ आफूलाई चिन्ने प्रयत्न समयमै गर्नुपर्छ । दुःख प¥यो भनेर धैर्य र विवेक गुमाउनु हुँदैन ।
यति भनेर ती राजाझैं देखिने मान्छे आफ्नो घरभित्र पसे । रिक्सा चालकलाई लिएर जाने व्यक्तिले उसलाई पशुपन्छीको आहाराको हिसाब किताब राख्ने काम दिए । ऊ प्रशन्न हुँदै परमेश्वरप्रति अहोभाव व्यक्त गर्दै त्यही महलमा रहन लाग्यो ।
मानव जीवनको मूल्य हँुदैन । आफूले आफैलाई चिन्न र बुझ्न सक्नुपर्छ, दया र परोपकारको भावना हृदयमा रहेको हुनुपर्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक