बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा गोल्फुटार डोजोको नवनिर्मित भवन उद्घाटन

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा गोल्फुटार डोजोको नवनिर्मित भवन उद्घाटन

कपन अनलाइन

काठमाण्डौ ,फागुन २२।

बुढानीलकण्ठ नगरपालिका वडा नं ८ मा रहेको गोल्फुटार डोजोको नवनिर्मित भवन उद्घाटन भएको  छ ।

गोल्फुटार डोजोका अध्यक्ष सुमन तामाङको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईले  उक्त डोजो भवनको उद्घाटन गरेका हुन्  ।
 गोल्फुटार डोजो भवनको उद्घाटन गर्दै डा.भट्टराईले  युवा पुस्ताले खेल क्षेत्रलाई निकै रुचि राखेकोमा खुसि व्यक्त गर्दै   खेल क्षेत्रबाट युवाहरु अगाडी बढ्न सकिन्छ भन्दै विश्वमा नाम कमाउन सकिने बताएका थिए।
 ३५ लाखको बजेटमा निर्माण सम्पन्न भएको सो  डोजो भवन प्रदेशको १० लाख र लाख बूढानीलकण्ठ नगरपालिकाको २५ बजेटमा निर्माण भएको अध्यक्ष तामाङले जानकारी दिएका छन् ।

गोल्फुटार डोजो प्रमुख प्रशिक्षक सरोज श्रेष्ठले हाल ५३ जनाले खेल अभ्यास गरेको बताउँदै अगामी दिनमा अझ बढी प्रभावकारी रुपमा प्रशिक्षण दिने बताएका थिए  ।

सो कार्यक्रममा नेकपा एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौंला, राष्ट्रिय दलित आयोग सदस्य सुन्दर पुर्कुटी, वडा नं ८ का वडाध्यक्ष सुमन तमाङ, वडा सदस्य माधव पौड्याल, उक्तरी प्रमुख शाखा डोजो प्रमुख प्रशिक्षक प्रेम लाल बम्जन लगायतको उपस्थिति रहेको थियो

तपाइँको प्रतिक्रिया ।