नेपाली कांग्रेस काठमाडौं नं ४ ‘ख’ को निर्वाचन लक्षित अभिमुखीकरण

नेपाली कांग्रेस काठमाडौं नं ४ ‘ख’ को निर्वाचन लक्षित अभिमुखीकरण

कपन अनलाइन

काठमाण्डौ ,फागुन २२।

नेपाली कांग्रेसस काठमाडौं क्षेत्र नं ४ प्रदेश ‘ख’ले स्थानीय निर्वाचन लक्षित अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।

नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रमको अध्यक्षता प्रदेश ‘ख’ सभापति रामप्रसाद लुइँटेलले गरेका थिए।

सो  कार्यक्रममा नेपाली काङ्ग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठ, प्रतिनिधि सभा सदस्य  दिव्यमणी राजभण्डारी, प्रदेश सांसद न्हुक्षे नारायण श्रेष्ठ, नेपाली काङ्ग्रेस जिल्ला सचिव इन्द्रबहादुर थापा,नेपाली काङ्ग्रेस क्षेत्र नं ४ का सभापति श्यामकृष्ण  संगत, बुढानीलकण्ठ नगर समितिका सभापति राजाराम बुढाथोकी लगायतले विभिन्न विषयहरुमा प्रशिक्षण प्रदान गरेका थिए।

उक्त प्रशिक्षण कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले वडा, नगर र केन्द्रिय तहको तीनवटा घोषणापत्र तयार गरेर आगामी निर्वाचनमा प्रदेस ‘ख’ मा रहेका बुढानिलकण्ठ नगरपालिकाका ८ वटै वडामा जित्ने गरी तयारी गर्नका लागि निर्देशन दिएका थिए।

तपाइँको प्रतिक्रिया ।