हाम्रो समाज : डा. अमर कार्की ( लघुकथा )

कपन अनलाइन

काठमाण्डौ , फागुन १४ ।

उसले बर्षौदेखि चिठ्ठा किन्दै आएको थियो । आज ऊ भाग्यमानी साबित भयो । उसलाई एक करोड रुपियाँ पुरस्कारको चिठ्ठा प¥यो । ऊ खुशी थाम्न नसकेर बाटोमा एक्लै हास्दै नाच्दै हिड्यो । उसले ञ अब त्यो नाथे रेस्टुरेन्टको बेराको जागिर पनि कल्ले खाइ राख्छ झ ? भनेर भोलिपल्टै छोडी दियो । मान्छेहरुले ऊ बहुलाएछ भने र गिज्याए । पैसा आयो भनेर भुइँमा खुट्टा छैन पनि भने । ऊ सबैको चासोको केन्द्र भयो । कति आफन्त र छिमेकीको निन्द्रा नै हरायो । कोही पराइ आफन्त र साथी बन्न पनि आए ।
तर त्यो खुशी धेरै टिकेन । यो सबै त सपना जस्तै भयो । केही दिनपछि पुरस्कारको रकम लिन जादा चाल पायो कि उसले त अघिल्लो हप्ता परेको चिट्ठा नम्बर पो हेरेको रहेछ। उसलाई त चिठ्ठा परेकै रहेनछ। उ एकै पटक पातलमा भासिन पुग्यो। जुवामा घर सम्पती सबै हारेको मान्छे जस्तै ऊ एकैपटक हरि कङ्गाल भयो । ऊ त्यही बाटोमा एक्लै रुदै हिड्यो। तर यसपटक कसैले उसलाई वास्ता गरेनन् । कसैले उसलाई पागल भनेनन् । कसैलाई उसको चासो भएन । आफन्त र छिमेकी आनन्दले सुते त्यो रात। एकै क्षणमा अघिका आफन्त र साथी अब पराइ र अपरिचित भए । लाग्थ्यो, ऊ एकलास जङ्गलमा एक्लो मानव हो ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।