आक्रामक संगठन विस्तारमा नेकपा एमाले बुढानिलकण्ठ-१०

आक्रामक संगठन विस्तारमा नेकपा एमाले बुढानिलकण्ठ-१०

कपन अनलाइन
काठमाडौं, फागुन १०।

नेकपा एमाले बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटी आक्रामक संगठन विस्तारमा लागेको छ। वडामा संगठन विस्तारका लागि टोल कमिटी गठनको अभियानलाई तीव्रता दिएको वडा नं १० कमिटीले मिलनचोक – पन्चकुमारी र ज्योतीनगर टोल कमिटी गठन गरेको छ।

वडा नं १० लाई विभिन्न क्षेत्रमा विभाजन गरेर संगठन विस्तार गरिरहेको वडा नं १० ले सो अभियानलाई निरन्तर संचालन गर्ने वडा नं १० कमिटीका अध्यक्ष जगत निरौलाले जानकरी दिएका छन।

नेकपा एमाले  ज्योतीनगर टोल कमिटीको अध्यक्षमा  गणेश कुमार तिमल्सिना, उपाध्यक्षमा  कुसुम बस्नेत ,सचीवमा रामहरी शर्मा र उपसचिवमा  लिला बहादुर केसि र चन्द्र प्रसाद मैनाली रहेका छन।

त्यस्तै  मिलनचोक -पन्चकुमारी टोल कमिटीको अध्यक्षमा शान्ता न्यौपाने पौडेल , उपाध्यक्षमा  होमनाथ भट्टराई , सचिवमा  अनिता दवाडी पौडेल ,उप सचिव लाल बहादुर घतानेर  केदार गौतम रहेका छन।

 

तपाइँको प्रतिक्रिया ।