गोकर्णेश्वर वडा नं ४ को कोभिड-१९ बिरुद्दको फाइजर खोप लगाउने बारे सार्वजनिक सुचना
कपन अनलाइन
काठमाडौँ, फाल्गुन १०। गोकर्णेश्वर नगरपालिका वडा नं ४ कोभिड-१९ बिरुद्दको खोप लगाउने बारे सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जारी गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा रहेको गोकर्णेश्वर नगर असपतालमा फाइजर खोप सेवा संचालन भईरहेको हुँदा १२ बर्ष माथिका सम्पूर्ण उमेर समूहका ब्यक्तिहरुलाई मिति २०७८ साल फाल्गुन १६ गते सम्म पहिलो,दोस्रो र बुस्टर खोप लगाइने व्यवस्था भएको सार्वजनिक सुचना मार्फत जानकारी गराइएको छ ।
तपाइँको प्रतिक्रिया ।