कमल थापाले राष्ट्रिय प्रजातन्त्र  पार्टी परित्याग गरे

कमल थापाले राष्ट्रिय प्रजातन्त्र  पार्टी परित्याग गरे

कपन अनलाइन

काठमाण्डौ ,माघ २५ ।

कमल थापाले राष्ट्रिय प्रजातन्त्र  पार्टी परित्याग गरेका छन् । थापाले आज विज्ञप्ति प्रकाशन गरेर पार्टीबाट अलग हुने निर्णय गरेको बताएका छन्। ‘अत्यन्त भारी मन तथा पीडाबोधका साथ मैले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग हुने निर्णय गरेको छु,’ थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनले पार्टीभित्र देखा परेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिका कारण पार्टी छाड्न बाध्य भएको बताएका छन् ।

‘पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर मेरो बाँकी क्रियाशील राजनीतिक जीवन पार्टीभित्रै बिताउने र पाटीमै रमाउने उत्कट चाहना भएता पनि आफ्नो कुराको सुनुवाइ नहुने भएपछि मैले यो अप्रिय निर्णय लिन बाध्य भएको हुँ,’ थापाले भनेका छन्।

तपाइँको प्रतिक्रिया ।