आगलागी बाट क्षती पुगेको अर्थोपेडिक अस्पतालको निरीक्षणमा पुगे बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा
कपन अनलाइन
काठमाडौँ,माघ २५। बागमती प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्रि निमा लामा सहितको टोलीले आगलागी बाट क्षति पुगेको गोकर्णेश्वर नगरपालिका वडा नं ६ स्थित अर्थोपेडिक अस्पतालको स्थलगत अवलोकन गरेका छन । आइतबार, मन्त्रि सहितको टोलीले घटनास्थलको स्थलगत अवलोकन गर्नुको साथै क्षतिको बिवरण लिएका थिए। गत शनिबार उक्त अस्पतालमा आगलागी भएको थियो। आगलागी बाट कुनै मानवीय क्षती नभए पनि करोडौं को मेसिनरी सामान जलि नष्ट भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. युवराज खरेलले जानकारी गराएका थिए। अवलोकनमा मन्त्री लामा सहित बागमती प्रदेश सभा सदस्य छिरिंग दोर्जे लामा, महानगरीय प्रहरी वृत्त बौद्दका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक ढुन्डिराज न्यौपाने ,
गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता एबम वडा अध्यक्ष मनोज कुमार ढुंगाना, गोकर्णेश्वर ६ का वडा अध्यक्ष रमेश अर्याल वडा नं ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी लगायतको उपस्थिति रहेको थियो । अवलोकन पश्चात मन्त्री लामाले देश कै एकमात्र उदाहरणिय सुलभ,सहुलियत,सुविधा सम्पन्न यश अस्पतालमा कुनै पनि सेवा सुविधा अवरुद्ध नहुन बागमती सरकार र स्थानीय सरकार प्रतिवद्ध रहेको जानकारी गराएका थिए ।