कोभिड : हेमा अधिकारी ( कविता )

कोभिड : हेमा अधिकारी ( कविता )

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

जाडोले सारा थरथरि कपायो
बिचार गर कोभिड आयो
न त खान सक्नु
न त सुत्न सक्नु
रातभरि बरु त भक भक भुक्नु
खालि घाँटी सुक्छ
अनि शिर दुख्छ
कर कर सारा जिउ के ले खान्छ
न त खान मन न त हेर्न जन
आखा छोपि पल्टि ठस ठस भन
बाफ पानीको छ कपुर मिलाइ
तातो तातो हरे सरनै पिलाइ
भिटामिन हरुको औषधि पिउला
बिस्तार ठिक भए अबस्य जिउला
रमाउदै फेरि खुसिले जिउँला ।

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।