निशस्त्रीकरणको क्षण : रजाउद्दीन स्टालिन (बङ्गलादेश)

निशस्त्रीकरणको क्षण : रजाउद्दीन स्टालिन (बङ्गलादेश)

कपन अनलाइन
काठमाण्डौ ,माघ २२।

पहिलो पाठका अक्षरहरूले मलाई आक्रमण गरे
मेरो कान नजिक अजिङ्गर हिस्सिङ गर्दै छ
अनि चीलको ‘ई’ ले खोस्यो,
जबकी अक्षर– ‘एच.आर.’ सबैलाई सन्त बनाउने काममा व्यस्त छ ।

तर ‘पी’ अक्षरको आफ्नो सम्पूर्ण शक्तिले मलाई कवि बन्ने मन्त्र दिएको छ ।
गधा जस्तै मूर्ख बन्नुहोस्, ‘एफ’ अक्षरले मलाई बताउँछ धेरै धैर्य राख्नुहोस्
र, प्रतिक्रिया नगर्नुहोस्, बरु विनम्र हुन सिक्नुहोस् ।

जसै, अक्षर ‘डी’ पर्याप्त तर हताशमा छ,
कायर भनेर बोलाएर घाँटी घुमाउन चाहन्छ
‘डब्लु’ अक्षरले निवासको भित्ताहरूको लुगा लगाउँछ
तर ‘एफ’ अक्षरले पोशाकलाई च्यात्ने ठाउँ बनाउँछ भने, सूर्य कोठामा प्रवेश गराउँदछ ।
‘टि’ अक्षर उचाइमा विशेषज्ञ छ,
र घरको पाठेघरसम्म फैलिएको छ आकाश ।
र, आकाशको असीम शून्यतालाई एकान्तमा हेर्नुहोस्
अक्षर ‘एल’, सिगरेटमा ज्वालामुखीको साथ
उदासीन रहन्छ ।
र तिनीहरूलाई एकताबद्ध हुन मन्त्र प्रदान गर्दछन
जो अभिव्यक्ति स्वतन्त्रताबाट वञ्चित हुने गर्दछन ।
हातमा ए के ४७ भएको मुक्ति–उत्साहितको लागि “एस“
क्षितिज भत्काउन आगो खोल्न लाग्दछ ।
यस क्षणमा, हतियार धुलोमा टुक्रिन्छ
स्तनको प्रेमील दबाबसँग
सबैभन्दा सहिष्णु हुन्छ वी–ख्रीष्टको पवित्र नाममा…।

(अनुवाद : कमल ढुङ्गाना)

सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक

तपाइँको प्रतिक्रिया ।