शिवपुरीमा हिउँ पर्यो…

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

काठमाण्डौ उपत्यकाको उत्तरी पर्वत शृंखला शिवपुरीमा हिमपात भएको छ। शिवपुरी -नागार्जुन रास्ट्रीय निकुन्ज रहेको सो पर्वत शृंखला अहिले हिउँल सेताम्म्मे बनेको छ।

काठमाण्डौ उपत्यकका जुन सुकै स्थानबाट पनि करिव १ घण्टामा सजिलै पुग्न सकिने सो पर्वत शृंखलाबाट सुन्दर हिमालहरुको पनि दृश्यावलोकन गर्न सकिन्छ।

शिवपुरी पर्वतमा जानको लागि बुढानिलकण्ठ नगरपालिका र गोकर्णेश्वर नगरपालिकाका मार्गहरु प्रयोग गर्न सकिन्छ। बुढानिलकण्ठ नगरपालिकाको पानी  मुहान वा बदेली हुदै तारेभिर बाट पनि यो स्थान पुग्न सकिन्छ भने गोकर्णेश्वर नगरपालिकाको गोकर्ण -सुन्ताखान हुदै पनि जान सकिन्छ।फोटो सौजन्य : श्रीकृष्ण श्रेष्ठ

 

तपाइँको प्रतिक्रिया ।