हात्तीगौडा-टोखा सडक कालोपत्रे : बुढानिलकण्ठ-टोखा दुरी छोटियो

कपन अनलाइन

काठमाण्डौ ,पौष १५।

हात्तीगौडा-टोखा सडक कालोपत्रे भए संगै बुढानिलकण्ठर टोखा नगरपालिका विचको दुरी छोटिएको छ। बुढानिलकण्ठ नगरपालिका वडा नं ७ र ६ का विभिन्न स्थान हुदै टोखा नगरपालिका जोड्ने सो सडक विस्तार संगै कालोपत्रे गरिएको हो।

दुई नगरपालिका जोड्ने सो सडक कालोपत्रेको काठमाण्डौ क्षेत्र नं ५ (२) बाट निर्वाचित  बागमती प्रदेस सभा सदस्य दीपक निरौला,वडा नं ६ का अध्यक्ष नबिन केसी र वडा नं ७ का अध्यक्ष बसनारायण महर्जन लगायतले निरीक्षण गरेका छन।

सो सडक कालोपत्रे भए संगै सवारी आवागमन र यातायातमा सहज हुने भन्दै स्थानीयहरुले खुसि व्यक्त गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।