३२ हात अग्लो सेतो मछिन्द्रनाथको रथबारे जानकारी(फोटोहरूसहित)

३२ हात अग्लो सेतो मछिन्द्रनाथको रथबारे जानकारी(फोटोहरूसहित)

1-IMG_0180

कपन अनलाइन\१५ चैत्र, २०७१

तीनधारा पाठशाला अगाडि सेतो मछिन्द्र नाथको रथ बनिरहेको छ ।  काठमाडौ उपत्यकाकै प्रमुख अनि बिशेष आकर्षणको जात्रा हो जन्माडेयु अर्थात सेतो मछिन्द्रनाथको रथ जात्रा । उपत्यकाका चार प्रमुख लोकेश्वर मछिन्द्रलाई बिभिन्न कार्य सिद्धीका लागि प्रमुख मानिन्छन् । यि चार लोकेश्वर मध्य सेतो मछिन्द्रनाथलाई आयुबृद्धि , रोगब्यादी निको पार्ने र प्राणीहरुको बिभिन्न भयबाट मुक्ति दिने भगवानको रुपमा पुज्ने गरिन्छ । बर्षमा एकपटक भएपनि अशक्त बृद्धबृद्धा , बालबालिकाले घरआँगनमै बसी मछिन्द्रनाथको दर्शन गर्न पाउन् भनी प्रत्येक बर्ष चैत्र शुक्ल अष्टमीका दिन कनक चैते महाबिहारमा अबस्थित मुर्तीलाई ३२ हात अग्लो शिखरशैलीको रथमा रथारोहण गराई नगरको बिभिन्न स्थानहरुको परिक्रमा गराउने चलन छ ।

आर्यावलोकितेश्वर, करुणामय, जमलेश्वर पनि भनेर पनि पूजिने सेतो मन्छिन्द्रनाथको रथजात्रा प्रत्येक वर्षको चैत शुक्ल अष्टमीदेखि सुरु हुन्छ । धार्मिक सहिष्णुताको प्रतिक सेतो मन्छिन्द्रनाथलाई हिन्दु समुदायले वर्षा र सहकालको देवताको रुपमा पुज्छन् भने बौद्ध समुदायले करुणाका प्रतिक आर्यावलोकितेश्वरको रुपमा पुज्छन् । सेतो मन्छिद्रनाथलाई मन्छिन्द्र बहालमा रहको दशौं शताब्दीतिर बनाएको मन्दिरबाट खटमा राखेर जमलको तीनधारा पाठशालामा निमार्ण गरेको रथमा विराजमान गरेपछि रथजात्रा सुरु हुन्छ । रथको पहिलो दिन रत्नपार्क भोटाहिटी हुँदै असनसम्म पुर्याउने चलन छ ।

भोलिपल्ट फेरि असनबाट रथ तानेर हनुमानढोकासम्म पुर्याइन्छ भने तेश्रोदिन हनुमानढोकाबाट रथ तानेर लगन सम्म पुर्याउने चलन छ । चौथो दिन रथलाई लगनमा रहेको पीपलको रुखमा दुइफेर घुमाउने चलन छ । कुनै विध्न बाधा नआएमा रथजात्रा शुरु भएको पाँचौ दिन मच्छिन्द्रबहालमा नै देवतालाई  फर्काउने चलन छ । राजा यक्ष मल्लको पालामा पवित्र खोलामा नुहाएर स्वयम्भुनाथको दर्शन गरेमा मरे पछि सिधै स्वर्ग पुगिन्थ्यो भनेर मानिसहरुले आस्था राख्दथे । मृत्युको देवता यमराजले यो कुरा थाहा पाएर स्वयम्भुनाथको दर्शन गर्न आएको बेला फर्किन लाग्दा खेरि यक्ष मल्ल र उनका तान्त्रिक गुरु मिलेर यमराजलाई वशमा राखेको र उनीहरुले अमर हुने वरदान नदिए सम्म नछोेडेको  धार्मिक कथन छ । आफ्नो बचावको लागि यमराजले आर्यावलोकितेश्वरको प्रार्थना गरेको र प्रार्थना सुनेर आर्यावलोकितेश्वर पानीबाट प्रकट भएर राजालाई आफ्नो मन्दिर बनाउन र सबै भन्तजनसमक्ष पुगेर आर्शिवाद दिनको लागि रथजात्रा गर्नलाई आदेश दिएको उल्लेख छ। र त्यसैबोला देखि रथजात्रा सुरु भएको भन्ने जनविश्वास छ ।

मछिन्द्रनाथलाई प्रत्येक वर्षको पुस महिनामा स्नान गराएर रंग रोगन लगाइन्छ । स्नानको लागि मन्दिर परिसरमा रहेको खुल्ला ठाँउमा मूर्तिलाई ल्याएर, गहना वस्त्र निकालेर चिसो पानी, तातो दूध, ध्यू, महको विभिन्न घडाले खन्याएर  कुमारीको उपस्थितिमा स्नान गराउने चलन छ भने मूर्तिलाई मानिसलाई गरिने सबै दश कर्म पनि गरिने परम्परा छ ।

कपन अनलाइनका लागि बसन्त गौतमले बन्दै गरेको रथको केही फोटाहरूः-

 

1-IMG_0184 1-IMG_0186 1-IMG_0180 1-IMG_0179

तपाइँको प्रतिक्रिया ।