माइक्रोसफ्टले अफिस प्याकेज ‘फ्रि’मा दिने

माइक्रोसफ्टले अफिस प्याकेज ‘फ्रि’मा दिने

काठमाडौ, १४  चैत(एजेन्सी) : माइक्रोसफ्टको उत्पादन अफिस प्याकेज अब सित्तैमा दिने भएको छ । माइक्रोसफ्टले १० इन्च भन्दा कम स्क्रिन भएका उपकरणहरूलाई फ्रिमा अफिस प्याकेज दिने घोषणा गरेको छ ।

office-for-ipad

माइक्रोसफ्टको यो घोषणापछि सबै स्मार्टफोन, ट्याब्लेट र सानो स्क्रिन भएका कम्प्युटरका लागि यो फ्रि हुनेछ । माइक्रोसफ्ट कर्पोरेटका उपाध्यक्ष कर्क कोनिसबाउरले १० इन्चभन्दा ठूला आकारका ट्याब्लेट नहुने बताएका छन् । माइक्रोसफ्ट १०.१ इन्च या त् भन्दा कम आकारका उपकरणलाई मोबाइल उपकरण मानिन्छन् । ती उपकरणका लागि मात्र फ्रिमा दिइने छ ।

माइक्रोसफ्टका यो अफिस प्याकेजबाट प्रयोगकर्ताले नयाँ डकुमेन्ट बनाउन सक्छन्, इडिट गर्न सक्छन् र त्यसलाई पढ्न पनि पाउँछन् । यसका साथै अन्य कामहरू पनि गर्न सकिन्छ ।

तपाइँको प्रतिक्रिया ।