नेकपा एमाले काठमाण्डौको बैठक सम्पन्न ,के के भए निर्णय ?

नेकपा एमाले काठमाण्डौको बैठक सम्पन्न ,के के भए निर्णय ?

कपन अनलाइन

काठमाण्डौ ,पुस २।

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटीको बैठक सम्पन्न भएको छ। गोकर्णेश्वर नगरपालिका नयाबस्तीमा रहेको ड्रिमहाउस इन्टरनेसनल ब्यान्केटमा भएको सो बैठकमा पुस २३ गते हुने जिल्ला अधिवेसन तयारीका लागि विभिन्न निर्णयहरु गरिएको छ।

पार्टी पोलिटव्यूरो सदस्य तथा जिल्ला कमिटी अध्यक्ष कृष्ण राईको अध्यक्षतामा र नेकपा एमालेका बरिस्ट उपाध्यक्ष ईश्वर पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो बैठकले जिल्ला कमिटी अधिवेसन उदघाटन शत्र कागेश्वरी मनोहरा नगरपालिकामा रहेको मुलपानी क्रिकेट मैदानमा गर्ने निर्णय गरेको हो।

त्यस्तै जिल्ला अधिवेसन तयारीका लागि विभिन्न समितिहरु गठन गरेको सो बैठकमा स्थायी कमिटी सदस्य एवं बागमती प्रदेश इन्चार्ज काशीनाथ आधिकारी,स्थायी कमिटी सदस्य  कृष्णगोपाल श्रेष्ठ, स्थायी कमिटी सदस्य एवं इन्चार्ज डा.राजन भट्टराई,   पोलिटव्यूरो सदस्य रामेश्वर फुयाल  , केन्द्रीय सदस्य एवं सह इन्चार्ज नारायण सिलवाल,   केन्द्रीय सदस्य एवं सह इन्चार्ज विद्या सुन्दर शाक्य ,केन्द्रीय सदस्य एवं सह इन्चार्ज सरिता न्यौपाने , बागमती प्रदेश कमिटी अध्यक्ष केशव पाण्डे ,बागमती प्रदेश उप सचिव रत्न गुरुङ लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।