मावि तहको खुला विज्ञापन प्रति नेपाल राहत शिक्षक केन्द्रीय समितिको आपत्ति

मावि तहको खुला विज्ञापन प्रति नेपाल राहत शिक्षक केन्द्रीय समितिको आपत्ति

कपन अनलाइन

काठमाण्डौ ,पुस १ ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत शिक्षकलाई उमेर हद नहटाई मावि तहको खुला विज्ञापन गरेको प्रति आपत्ति प्रकट गरेको छ ।

सो समितीले बिज्ञप्ति जारी गर्दै  सरकारसँग गरेको आग्रहलाई वेवास्ता गर्दे शिक्षक सेवा आयोगले उमेर हद नहटाई मावि तहको खुला विज्ञापन गरेकोमा आपत्ति जनाएको हो ।

उक्त विज्ञप्तिमा विगतमा भएका नजिर अनुसार शिक्षक सेवा आयोगले तत्काल उमेर हदको विषयमा अर्को सूचना प्रकाशित गरी हाल कार्यरत राहत, करार शिक्षकहरुलाई परीक्षामा समावेश हुने वातावरण निर्माण गरीयोस ”  उल्लेख गरीएको छ ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिले यो गम्भीर  विषयलाई उपेक्षा गगर्दा  उत्पन्न हुने जुनसुकै असहज परिस्थितिको   जिम्मेवार शिक्षक सेवा आयोग हुने  चेतावनी समेत दिइएको छ ।

तपाइँको प्रतिक्रिया ।