मताधिकार : नवराज पौडेल (कविता)

मताधिकार : नवराज पौडेल (कविता)

कपन अनलाइन 

काठमाडौँ, मंगसिर १२/ नवराज पौडेल

मत जोड अधिकार मताधिकार ।
मत दिनु सबैको अधिकार।।
मतको सदुपयोग गर्नु नेताको क्षेत्राकार ।
मतको दुरुपयोग गर्नु अबानबिय ब्यबहार।।
मत नेताको कुशलताको परिणाम।
नेताबाटनै प्रजा र देश सबैको उत्थान ।।
घाममा बेस्सरी तातेर रापिएर हालेको मत।
ठूलो लाम खुट्टा दुखाएर हालेको हर बखत ।।
तेहि नै असल नेता को हो?खोजी हुन्छ।
मत पत्र पनि कत्रो हेर्दाहेर्दै आँखा बिझाउछ।।
असल पात्रको खोजी गर्दा गर्दै मत अर्कैकोमा।
क्या फसाद!पर्न गयो त के गरु?अर्कै चिन्हमा।।
लुरुलुरु घर फर्के पारी आँसु गह भरी ।
मनको बह कतै नकह मन बुझाउ कसो गरि?
मैले जस्तै अरुले नी तेसै गरे होलान् कि?
पहिल्याए छन चिन्ह तिनले म जस्तो होइनन् ती।।
पछी थाहा पाए म जस्तै अरुहरु कहाँ हुन्छन् रे?
असल सुपात्रलाइ दिएछन् चिन्हले असर गरेन रे।।
तलब पनि थोरै देख्छु तिनै नेताको।
कसरी काम होला ख्वै?यो देशको।।
धन्न गरिराखेका छन सुन्दैछु म एक एक।
बिकासको काम बडेको छ गुन्दैछु म अनेक।।
भएन पाएनन् त के भो कामले निरन्तरता पायोस।
तिनका परिबारमा खुशियाली सदैब छायोस।।
सरकार तिनका पनि परिबार छन तलब बढाउ।
देशको बिकास निम्ति हो ?केही त देउ।।
नेता बन्न कति गार्यो छ नबुझेको किन?
बने पछी झनै गार्यो खोज्नु पर्छ ऋण।।
तपाईले असल नेताहरु छानेर चुनी सक्नु भयो।
जनता र देशको नाममा उहाँले सपद लिइ सक्नु भयो।।
जनतालाई धन्यवाद कुसल नेता छानेकोमा।
अब होला देश बिकास मुहार फेर्ला दुर्त गतिमा।।
मेरो शुझाब छ सबै ठाउमा लागू नहोला।
तपाईंले प्रतिपक्ष सग शुझाब माग्नु होला।।
साथमा लिएर हिड्नु प्रतिक्रिया माग्नु।
प्रतिपक्षले राम्रो कुराको सर्तहरुमालाग्नु।
नराम्रो काम कुरा भए खबरदारी गर्नु।।
तपाइँको प्रतिक्रिया ।