नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र फिक्कलको अधिवेसन सम्पन्न, को को बने पदाधिकारी?

कपन अनलाइन

काठमाण्डौ ,मंगसिर १२।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र फिक्कल गाउँपालिकाको अधिवेसन सम्पन्न भएको छ। बागमती  प्रदेश समितीले सदस्य  प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता तथा लोकेन्द्र कार्किको अध्यक्षतामा भएको अधिवेसनले ५३ सदस्यीय कमिटी चयन गरेको छ।

सो अधिवेसनबाट उपाध्यक्षमा  भेष बहादुर थापा, भगवती पहाडी र  सुर्य बहादुर क्षेत्री चयन भएका छन भने  सचिवमा  शुक्र बहादुर सुनुवार ( प्रभात) निर्वाचित भएका छन।

सहसचिवमा उमेस पहाडी र  कोषाध्यक्ष  चन्द्र ब मगरलाई चयन गरेको सो अधिवेसनले   बिष्णु बहादुर  सुनुवार बिक्रम संयोजक र  इन्द्र प्रसाद पौडेल सह संयोजक रहेको नेकपा माओबादी केन्द्र फिक्कल बुद्धिजीवी तथा सल्लाहकार समिती गठन गरेको छ।

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र फिक्कल गाउँपालिकाको इन्चार्जमा  मुरारी प्रसाद भण्डारी , सह इन्चार्ज शिव प्रसाद पहाडी र  कृष्ण पाख्रिन रहेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।