नेकपा एमाले बुढानिलकण्ठ-५ लाई संगठन र विकास निर्माणमा केन्द्रीत हुनेछ : नारायण दुलाल

नेकपा एमाले बुढानिलकण्ठ-५ लाई संगठन र विकास निर्माणमा केन्द्रीत हुनेछ : नारायण दुलाल
कपन अनलाइन
सल्यान, कात्तिक ४।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं ५ का अध्यक्ष नारायण दुलालले कार्तिक ६ गतेको वडा अधिवेसन पश्चात संगठन विस्तार र विकास निर्माणका काममा केन्द्रीत हुने बताएका छन।
आउँदो स्थानीय तहको निर्वाचन केन्द्रित आक्रामक चुनावी कार्यक्रम तय गर्ने जानकारी दिदै अध्यक्ष दुलालले वडा समितिले गरेका विकास निर्माणका कामलाई पनि सहयोग र प्रचार गर्ने बताएका छन।
बुढानिलकण्ठ नगरपालिका वडा नं ५ लाई पर्यटकीय हबका रुपमा विकास गर्नका लागि नेकपा एमाले बुढानिलकण्ठ -५ ले राजनीतिक र सामाजिक अभियान चलाउने बताउदै उनले रोजगारमुलक, युबा लक्षित कार्यक्रम र खेलकुदका गतिविधिहरुमा नेकपा एमालेले नेतृत्वदायी भूमिका निर्वाह गर्ने योजना रहेको धारणा राखेका छन।

 

तपाइँको प्रतिक्रिया ।