बुढानिलकण्ठ-१० मा नेकपा एमालेलाई थप शशक्त र जुझारु बनाउने योजना छ : जगत प्रसाद निरौला

बुढानिलकण्ठ-१० मा नेकपा एमालेलाई थप शशक्त र जुझारु बनाउने योजना छ : जगत प्रसाद निरौला
कपन अनलाइन
सल्यान, कात्तिक ४।
नेपाल कम्युनिस्ट पार्टी (एमाले ) बुढानिलकण्ठ नगरपालिका वडा नं १० कमिटीका अध्यक्ष जगत प्रसाद निरौलाले वडा अधिवेसन पश्चात एमालेलाई थप शशक्त र जुझारु बनाउने योजना रहेको बताएका छन।
कार्तिक ६ गते हुने वडा अधिवेसन पछी वडाका सात टोल कमिटीलाई ५ वटामा समायोजन गरेर निर्वाचन केन्द्रित आक्रामक योजना ल्याउने बताउदै अध्यक्ष निरौलाले संगठन विस्तार र रचनात्मक गतिविधिहरुलाई प्राथमिकतामा राख्ने धारणा राखेका छन।
त्यस्तै नेकपा एमालेको नेतृत्वमा वडा समितिले गरेका कामहरु र योजनाहरुलाई प्रत्येक वडावासीहरु समक्ष पुर्याउन व्यापक जनपरिचालन गर्ने  जानकारी दिदै निरौलाले आगामी वडा अधिवेसनबाट नगरपालिकाको सबैभन्दा धेरै जनशंख्या रहेको वडाको राजनीतिक नेतृत्व गर्ने कमिटीचयन हुने बताएका छन।
२ सय भन्दा बढी संगठित सदस्य रहेको बुढानिलकण्ठ -१० को अधिवेसन तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै उनले अधिवेसनको उद्घाटनमा उपस्थिति हुनका लागि सबै वडावासीमा अनुरोध गरेका छन।
तपाइँको प्रतिक्रिया ।