बाढी पहिरो पिडितहरुलाई यथासिघ्र राहत उपलव्ध गराउन नेपाल खेलकुद महासंघको माग

कपन अनलाइन
सल्यान, कात्तिक ४।

नेपाल खेलकुद महासंघ (नेकोस)ले बाढी पहिरो पिडितहरुलाई यथासिघ्र राहत उपलव्ध गराउन सरकार संग माग गरेको छ ।

नेकोसले एक विज्ञप्ती प्रकाशित गर्दै विगत केहि दिनदेखी निरन्तर परेको अविरल वर्षाका कारणले देशका विभिन्न भुभागमा बाढीपहिरो तथा डुबानमा परि निम्तिएको महाविपत्तिबाट हुन पुगेको जनधनको क्षतिप्रति नेपाल खेलकुद महासंघ (नेकोस) दुःख प्रकट गर्दै राहत उपलव्ध गराउन सरकार संग माग गरेको हो ।

नेकोसका अध्यक्ष रमेश पौडेल द्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ–“बाढी, पहिरो तथा डुबानमा परी मृत्यु भएका महानुभावप्रति भावपूर्ण श्रद्धाञ्जली अपर्ण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछौं ।” साथै मृतकका परिवारजनलाई राहत तथा क्षतिपूर्ति, बेपत्ता नागरीकहरुको खोजी र घाइते तथा विस्थापितहरुलाई तत्काल उपचार एवं आवश्यक राहतको व्यवस्थापन कार्य अघि बढाउन नेपाल सरकार र सम्बन्धित निकाय समक्ष समेत नेकोसले माग गरेको छ ।

नेपाल खेलकुद महासंघका सम्पूर्ण जिम्मेवारीमा रहेका नेताकार्यकर्ता, खेलाडी, खेलकर्मी तथा शुभचिन्तकहरुलाई सुरक्षित रहँदै राहत एवं उद्दारको कार्यमा तत्काल परिचालित हुनका लागि समेत महासंघले आव्हान गरेको छ ।

तपाइँको प्रतिक्रिया ।