नेपाल देश नेपाली हामी नेपालकै सन्तति : बिष्णु प्रसाद भट्टराई (बिकल)

नेपाल देश नेपाली हामी नेपालकै सन्तति : बिष्णु प्रसाद भट्टराई (बिकल)

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

नेपाल देश नेपाली हामी नेपालकै सन्तति।

बिदेशी शक्ति कतिमा गर्छौ नेपालमै रजगजी ।।

 

नेपालको भेष नेपाली भाषा नेपाली गौरब हो।

यो गौरब खोस्न हेर लौ शक्ति बिदेशी प्रयोग भो।।

 

नेपाल देश अक्षुण्ण राख्न राजनीति एक हो।

देशभक्ति बिना के गर्छौ तिमी देशकै बदनाम भो।।

 

हाम्रो यो देश पुर्खाको नासो नमासौ नेता हो।

एकले अर्को बेइज्जत गर्दा सर्वाङ्ग नाङ्गो भो।।

 

नेपाल देश पुर्खाको चिनो होइन है कसैको।

विदेशीको पछि लाग्ने हो भने चाहिदैन तिमी भो।।

 

रोजगार छैन औषधि छैन शिक्षामा राजनिति ।

सत्ता र शक्ति आर्जन मात्र नेपाली राजनिती ।।

 

देशमा ॠण बढेको बढ्यै जनताले के पाए ।

कमजोर विकास नराम्रो स्वास्थ्य नेताकै मोज मात्रै ।।

 

युवाको पालो कहिले आउँछ भजाउछौ बोलिमा।

यो बोली पूरा गर्दैनौ भने जानेछौ सुलिमा।

तपाइँको प्रतिक्रिया ।