नेपाली कांग्रेस  गोकर्णेश्वर नगर उपसभापतिमा भरत कुमार गिरीको उम्मेदवारी घोषणा

नेपाली कांग्रेस  गोकर्णेश्वर नगर उपसभापतिमा भरत कुमार गिरीको  उम्मेदवारी घोषणा

कपन अनलाइन

काठमाडौँ, असोज १५ । नेपाली कांग्रेस  गोकर्णेश्वर नगर उपसभापतिमा भरत कुमार गिरीले  उम्मेदवारी घोषणा गरेका छन।  प्रष्ट वक्ता गिरीले  भोलि हुने  नगर अधिवेशनमा नगर उपसभापतिको लागि  रामजी श्रेष्ठको प्यानल बाट उम्मेदवारी दिने घोषणा गरेको कपन अनलाइन लाइ जानकारी गराए ।पार्टीमा युवा नेतृत्वलाई मौका दिनुपर्ने भन्दै पार्टीको विकास र पार्टी संगठनलाइ सबल एवं मजबुत बनाउँदै जनतामाझ लोकप्रिय बनाइ तिनै तहका निर्वाचनमा  पार्टीलाइ विजयी बनाउन भन्दै  गिरीले  उपसभापतिमा उम्मेदवारी दिएको बताएका छन । काँग्रेसमा तल्लो तहदेखि नै युवा नेतृत्वको कुरा चलिरहेको बेला अग्रजको सम्मान गर्दै युवालाई अगाडि बढाउनुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै  उनले  उक्त पदमा उम्मेदवारी दिन लागेको बताएका छन ।

जन्मजात चारतारे झण्डामुनि गोलबद्ध  भरत कुमार गिरी  नगरको पार्टीलाई अझ बलियो र दर्बिलो बनाउन आफ्नो उम्मेद्वारी रहेको दोहोर्याउछन् । राजनीतिलाई सेवामुखी बनाउनुपर्नेमा जोड दिदै आएका गिरीलाई  ‘तपाईंको उमेदवारी किन’? भन्ने प्रश्नमा उनले  नेपाली कांग्रेसले विगतका संविधान सभा र प्रतिनिधि सभामा जनताको मन जितेर कायम गरेको इतिहासलाई अझ दरिलो बनाउन र स्थानीय तथा प्रदेस निर्वाचनमा विजयी बनाउनका लागि आफुले योगदान गर्न  र नेपाली कांग्रेसलाई बलियो बनाउदै त्यस मार्फत जनताको सेवा गर्नका नगर उपसभापतिमा  उम्मेदवारी दिन लागेको बताउदै काँग्रेसमा आत्मियता र हार्दिकता स्थापित गरी गुट उपगुटको अन्त्य गर्दै एकताबद्ध काँग्रेस निर्माण गर्न लागि पर्ने समेत बताएका छन।

कांग्रेसमा अधिवेशन र चुनावमा मात्र कार्यालय खोल्ने जस्तो परम्परालाई तोड्दै व्यवस्थित नगर पार्टी कार्यालय सञ्चालन मार्फत नियमित गतिविधि र अभियान संचालन गर्ने योजना सुनाउदै उनले नेपाली कांग्रेस  गोकर्णेश्वरमा  सबैलाई सम्मान जनक रुपमा समेट्ने समेत बताएका छन । उनले  नेपाली कांग्रेस भित्रको गुट उपगुटको खाडललाइ पुरेर एकता बद्द नेपाली कांग्रेसको अवधारणालाइ साकार रुप दिन पनि आफ्नो  उम्मेदवारी रहेको हुँदा    क्षेत्रीय प्रतिनिधि हरूलाई समर्थन र सहयोग गर्न समेत  अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।