मणिचूड मानेडाँडामा निर्माणाधीन बुद्ध पार्कको निरीक्षणमा नगर प्रमुख सुवर्ण श्रेष्ठ

मणिचूड मानेडाँडामा निर्माणाधीन बुद्ध पार्कको निरीक्षणमा नगर प्रमुख सुवर्ण श्रेष्ठ

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

शंखरापुर नगरपालिका वडा नं. ८ मा पर्ने मणिचूडको (जात्रा नागि ) मानेडाँडामा निर्माणाधीन बुद्ध पार्कको लागि आर्थिक बर्ष २०७८/७९ मा उपत्यका बिकास प्राधिकरण बाट रु १ करोड बजेट बिनियोजन भएको छ।

समुद्र सतह बाट करिब २१ सय मिटर उचाईमा रहेको उक्त स्थानमा पार्क बनाएर पर्यटनको बिकास गर्ने अभियानमा जुटेको शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठले बताए ।

करिब ३८ करोडको डिपिआर तयार गरि संघ,प्रदेश र स्थानीय तह गरि तिनै तह बाट नियमित बजेट राखेर पार्कको निर्माणको काम भैरहेको मेयर श्रेष्ठले बताएका छन  ।

शंखरापुर नगरपालिकाकै गौरबको आयोजनाको रुपमा अघि बढेको बुद्ध पार्क निर्माणले पर्यटनको बिकास संगसंगै घुमारिचोकका जनताको जिबनस्तर उकास्न समेत मद्दत पुग्ने उनले बताए  ।

निर्माणाधीन बुद्द पार्क स्थल बाट काठमाडौं उपत्यकाको साथसाथै भक्तपुर र ललितपुरका अधिकाश भाग स्पष्ट संग अबलोकन गर्न सकिने र भबिष्यमा मणिचूडलाई बुद्ध सर्किटमा समेत जोड्न अध्ययन भैरहेको शंखरापुर नगरपालिकाका प्रबक्ता समेत रहनु भएका वडा नं. ८ का वडा अध्यक्ष हितमान तामाङले बताए ।

पार्क संगसंगै अन्य पुर्बाधार निर्माणमा समेत आफुहरु जुटेको बताउदै अध्यक्ष तामाङले वडा नं. ८ लाइ धार्मिक र पर्य पर्यटन स्थलको रुपमा बिकास गरिने बताए।

बज्रयोगिनि मणिचूड पर्यटन बिकास समिति मार्फत निर्माण कार्य भैरहेको समितिका अध्यक्ष बिरबहादुर घ्लानले बताएका छन । यो आर्थिक बर्ष भित्र पार्कको स्वरुप तयार हुने र त्यसपछि ६५ फिट अग्लो बुद्धको मुर्ति प्रतिस्थापन गर्ने अभियानमा जुट्ने समितिका अध्यक्ष घ्लानले जानकारी दिएका छन ।

उक्त १ करोड बाट के के काम गर्ने भनेर आज शंखरापुर नगरपालिकाका मेयर सुबर्ण श्रेष्ठ र उपत्यका बिकास प्राधिकरणका इन्जिनियर राजिब श्रेष्ठले बज्रयोगिनि मणिचूड पर्यटन बिकास समिति र स्थानीय सरोकार वालाहरु संग बुद्ध पार्क निर्माण स्थलमा पुगि छलफल गरेका छन।

तपाइँको प्रतिक्रिया ।