काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला पर्यो

काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला पर्यो

कपन अनलाइन

काठमाण्डौ ,असोज १५।

काठमाडौंको नयाँ बानेश्वरमा अर्धनग्न अवस्थामा एक महिलाको शव फेला परेको छ । बानेश्वर क्याम्पस नजिकै बागमती खोला किनारामा शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले जानकारी दिए ।

बागमतीले बगाएर ल्याएर फलामे पुलको टेकोमा अड्केको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी वृत बानेश्वरको टोली घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ ।

तपाइँको प्रतिक्रिया ।